बिहीबार, असार ३२, २०८३

महेन्द्रनगरमा फेरि गोली चल्यो : एक किशोरको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाही माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनमा शुक्रबार प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ।

मृतक १४ वर्षीय सन्नी खुना रहेको प्रहरीले जनाएको छ। प्रहरीले हानेको गोली उनको छातीमा लागेको छ। 

शुक्रबार साँझ पन्तको हत्याबारे अनुसन्धान गर्न महेन्द्रनगर पुगेको सरकारी टोलीलाई सत्यतथ्य छानविन गर्न दबाब दिने उद्देश्यले आयोजना गरिएको खबरदारी जुलुसमा प्रहरीले गोली चलाएको हो। प्रहरीको गोली लागेर अन्य २४ जना घाइते भएका छन्। तीमध्ये पाँच जनाको अवस्था गम्भीर छ। 

जिल्ला प्रहरी प्रमुख एसपी कुबेर कडायतले आन्दोलनले उग्र रूप लिएपछि गोली चलाइएको बताए। आन्दोलनकारीले सरकारी वकिल कार्यालयको गाडी र ट्राफिक प्रहरीको बिट तोडफोड तथा जिल्ला प्रशासनमा समेत ढुंगामुढा गरेपछि गोली चलाउनु परेको एसपी कडायतले बताए। ‘शुरुमा अश्रुग्यास प्रहार गरियो, ढुंगामुढा रोकिएन। हवाई फायर गरियो तर रोकिएन। अन्तिममा सुरक्षाका लागि गोली प्रहार गर्नुपरेको हो,’ एसपी कडायतले भने।

घटनाबारे नेकपाका नेता भीम रावलले दिएको अभिव्यक्तिले थप आशंका उब्जाएको बताउँदै युवाहरू कसैको नेतृत्वबिना स्वत:स्फूर्त रूपमा आन्दोलनमा उत्रेका हुन्। उनीहरूले भीम रावलविरुद्ध नाराबाजीसमेत गरेका थिए। नेता रावलले कांग्रेसले निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको बताएकामा उनीहरू आक्रोसित बनेका हुन्। बलात्कारपछि हत्या गरिएकी पन्तको सत्यतथ्य छानविन गर्न सरकारले गठन गरेको छानविन समितिले आजैबाट काम थालेको छ।

घटनाको अनुसन्धानमा लापरवाही भएको बताउँदै कैलालीको धनगढीस्थित प्रदेश-७ का मुख्यमन्त्री कार्यालय अगाडि पनि शुक्रबार साँझ प्रदर्शन भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।