बिहीबार, असार ३२, २०८३

प्रभावकारी अनुसन्धानका लागि खबरदारी जुलुस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी–निर्मला पन्तको घटना बारे अनुसन्धान गर्न महेन्द्रनगर पुगेको टोलीलाई सत्यतथ्य छानविन गर्न दबाब दिने उद्देश्यले आज खबरदारी जुलुस निकालिएको छ ।
 
बजारका बिभिन्न चोकमा टाएर बाल्दै आन्दोलनरत पक्षले जिल्ला प्रशासन कार्यालय भित्र छलफलमा बसिरहेको सरकारी छानविन टोलीलाई खबरदारी गर्न जिल्ला प्रशासन अगाडी नाराबाजी गरेका छन् । 

नेविसंघ सहअध्यक्ष केशवराज जोशीले घट्ना बारे अनुसन्धान गर्न आएको टोलीलाई खबरदारी स्वरुप जुलुस निकालेको बताए । जुलुसमा उल्लेख्य मात्रामा युवाहरुको सहभागिता छ । प्रहरीले भीँड तितरवितर गर्न एक सेल अश्रुग्यास प्राहार गरे पनि प्रहरी उपरीक्षक कुवेर कडायतले थप अश्रुग्यास प्रहार नगर्न निर्देशन दिएपछि रोकिएको थियो । 

घट्ना बारेमा नेकपाका नेता भीम रावलले दिएको अभिव्यक्तिले थप आशंका उब्जाएको भन्दै युवाहरु कसेको नेतृत्व बिना स्वस्फुर्त रुपमा आन्दोलनमा उत्रेका हुन् । उनीहरुले भीम रावल बिरुद्ध नाराबाजीसमेत गरेका थिए । यस्तै अनुसन्धान टोलीलाई खबरदारी गर्दै शुक्रबार बिहान कैलालीको अत्तरीयामा विद्यार्थीले बिरोध जुलुस निकालेका छन् । 

अनुसन्धानका सहयोग गर्न प्रशासनको अपिल

यसैबीच निर्मला हत्याकाण्ड बारे अनुसन्धान गर्न सरकारद्वारा गठित उच्चस्तरिय छानविन समितिलाई अनुसन्धानमा सहयोग गर्न प्रशासनले अपिल गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिज्ञप्ती प्रकाशित गरी टोलीले कार्यादेश पाए अनुसार आजबाट नै अनुसन्धान सुरु गरिसकेको  जनाउँदै  उक्त घट्नाको बिस्तृत अनुसन्धानमा सबैले संयमताका साथ सहयोग गर्न सबैमा अपिल गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी शुरेन्द्र बिष्टले उच्चस्तरिय टोली जिल्लामा पुगेर यतिबेला सुरक्षा निकायसँग छलफलमा रहेको जानकारी दिए ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।