शुक्रबार, वैशाख २६, २०८२

बन्द हुँदै यस रेमिट, लेनदेन बाँकी भए दाबी गर्न आह्वान

''कम्पनीले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघ/संस्थासँग लेनदेन रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस विभागमा लिखित रूपमा जानकारी दिनुहुन' सूचित गरिन्छ,' राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ।
 |  आइतबार, साउन २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

vianetvianet

काठमाडौं- विप्रेषण (रेमिट्यान्स) सेवा प्रदायक कम्पनी यस रेमिटले विदेशी मुद्राको कारोबार बन्द गर्ने भएको छ। यसका लागि उसले मुद्रा तथा वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकमा निवेदनसमेत दिएको छ। 

triton college

काठमाडौं महानगरपालिका-२६ लैनचौरमा कार्यालय रहेको यस रेमिटले विदेशी मुद्राको कारोबार बन्द गर्नका लागि दिएको निवेदन प्राप्त भएको जानकारी राष्ट्र बैंकले दिएको छ। कम्पनीले विदेशी मुद्रा कारोबार बन्द गर्ने भएपछि उक्त कम्पनीसँगै कुनै कारोबार वा लेनदेन बाँकी भए त्यसका लागि मागदाबी गर्न राष्ट्र बैंकले सूचित गरेको छ। राष्ट्र बैंकले ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रूपमा जानकारी दिन भनेको छ। 

''कम्पनीले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघ/संस्थासँग लेनदेन रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस विभागमा लिखित रूपमा जानकारी दिनुहुन' सूचित गरिन्छ,' राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ। 

तोकिएको म्यादभित्र लिखित जानकारी नदिए कम्पनीको इजाजतपत्र रद्द भई बैंक ग्यारेन्टीसमेत फुकुवा हुने भएकाले पछि मागदाबी गर्न असहज हुने राष्ट्र बैंकको भनाइ छ। 

प्रकाशित: Aug 07, 2022| 21:03 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्