बिहीबार, असार ३२, २०८३

कर्मचारीले चलाउँदै प्रदेश-१ का दुई मन्‍त्रालय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- प्रदेश सरकार बनेको सात महिना कट्न लाग्दा पनि प्रदेश-१ का दुई मन्त्रालय विभागीय मन्त्रीविहीन छन् । दुवै मन्त्रालय कर्मचारीले चलाउँदै आएका छन् ।

भौतिक पूर्वाधार विकास र भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा विभागीत मन्त्री छैनन् । भौतिक भौतिक पुर्वाधार विकास मन्त्रालय सचिव सागर राईले चलाइरहेका छन् । यस्तै, भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई सचिव हस्तबहादुर बिष्टले हाँकिरहेका छन् ।

विभागीय मन्त्री नहुँदा मुख्यमन्त्रीले नै मन्त्रालय सम्हाल्ने भएकाले गाह्रो भने नभएको भौतिक पूर्वाधारका सचिव राईले बताए । भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव बिष्टले विभागीय मन्त्री नहुँदा केही असहज भने भएको बताए । तर, मुख्यमन्त्रीले नै मन्त्रालय हेरिरहेकाले खासै समस्या नभएको उनको भनाइ छ ।

प्रदेश–१ का मुख्यमन्त्री हुन्, शेरधन राई । सामाजिक विकास मन्त्रालयमा मन्त्री जीवन घिमिरे छन् । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो छन् भने आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कमान्ड मन्त्री जगदिशप्रसाद कुसियतले सम्हालेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।