काठमाडाैं- बिजनेश म्यागेजिन फोर्ब्सले संसारमा धेरै कमाइ गर्ने एक्ट्ररको सूची प्रकाशित गरेको छ । सूचीको टप १० मा बलिउड नायक अक्षयकुमार र सलमान खानको नामसमेत छ।
तर, त्यस सूचीमा चर्चित नायक शाहरुख खानको नाम छैन। फोर्ब्सको सूचीअनुसार सातौं नम्बरमा अक्षयकुमार (५०)ले बितेको एक वर्षमा ४०.५ मिलियन डलर अर्थात् २८४ करोड भारतीय रुपैयाँ कमाएको देखिएको छ । यस्तै, नौ नम्बरमा सलमान खान (५२) को कमाइ ३८.५ मिलियन डलर अथवा २७० करोड भारतीय रुपैयाँ कमाएको देखिएको छ।
१ जून २०१७ देखि १ जून २०१८ बीचमा कमाइको आधारमा गरिएको थियो । फोर्ब्सको यस सूचीमा हलिउड कलाकार जर्ज २३९ मिलियन डलर अर्थात् १६७४ करोड भारतीय रुपैयाँसहित पहिलो नम्बरमा परेका छन् ।
एक वर्षमा अक्षयकुमारका दुई फिल्म 'ट्वाइलेटः एक प्रेम कथा’ र "प्याडम्यान' रिलिज भएका थिए। 'ट्वाइलेट'ले विश्वभरबाट ३१६ करोड रुपैयाँ कलेक्सन गरेको थियो भने प्याडम्यानले १२० करोड रुपैयाँ। फिल्मको पारिश्रमिकका साथमा अक्षय कुमारले मुनाफाको पनि सेयर लिएका थिए। उनी पैसा बजार, डलर क्लब, कजारिया टाइल्स र टाटा मोटर्ससहित कैयौं ब्रान्डका एम्बेसेड पनि हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४