बिहीबार, असार ३२, २०८३

राष्ट्रपति अब विद्युतीय कारमा हिँड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- राष्ट्रपति कार्यालयले ६० लाख रुपैयाँ बराबरको बीवार्इडी कम्पनीको विद्युतीय कार खरिद गरेको छ।

राजधानीमा अत्यधिक प्रदुषण बढेको विभिन्न अध्ययनले देखाइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीका लागि विद्युतीय गाडी खरिद गरिएको हो। अब राष्ट्रपति भण्डारी यही विद्युतीय कारमा हिँड्ने भएकी छन्। 

 विद्युतीय सवारीका विषयमा जनचेतना फैलाउने उद्देश्यले पनि  राष्ट्रपतिका लागि विद्युतीय गाडी किनिएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यो गाडीले प्रदुषण गर्दैन र इन्धन पनि आयात गर्नुपर्दैन।

राष्ट्रपति चढ्ने कार दुर्इ घण्टामा फुल चार्ज हुन्छ। एक पटक फुल चार्ज गरेपछि चार सय किलोमिटरसम्म गुड्ने क्षमताको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।