बिहीबार, असार ३२, २०८३

स्थानीय तहले खर्च विवरण बुझाएनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बैतडी- बैतडीका कुनै पनि स्थानीय तहले कोष तथा लेखा नियन्त्रकको कार्यालयमा खर्च विवरण नबुझाएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय जनाएको छ । 

उक्त कार्यालयबाट निकासा भएको रकमको खर्च विवरण बुझाए पनि स्थानीयतहले आफ्नो वास्तविक खर्च भने बुझाउन नसकेको उक्त कार्यालयका प्रमुख बासुदेव जोशीले बताए ।

साउन मसान्तसम्म स्थानीय तहले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने थियो तर अहिलेसम्म पनि नबुझाएकाले एक हप्ताको समयसँगै फारमको नयाँ ढाचाँ सबै स्थानीय तहलाई दिइएको उनले जानकारी दिए । 

कार्यालय प्रमुख जोशीले भने, “सबै स्थानीय तहलाई भदौको पहिलो हप्ताभित्र सबै खर्च विवरण बुझाउन भनिएको छ ।” उक्त जिल्लामा छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तह छन् । 

गाउँपालिकामा तालाबन्दी 

सुर्नया गाउँपालिका कार्यालयमा स्थानीय युवाले तालाबन्दी गरेका छन् । गाउँपालिकामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने माग गर्दै उनीहरूले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । यसअघि भदौ १ गते पनि सार्वजनिक सुनुवाइको माग गर्दै उनिहरुले प्रेस विज्ञप्ति जारी गरेका थिए । 

गत असारमै आर्थिक वर्ष ०७४/७५ मा सम्पादन भएका क्रियाकलापका विषयमा नागरिकलाई जानकारी दिनुपर्ने भन्दै युवाले साउन महिनाको शुरुदेखि नै सार्वजनिक सुनुवाइको माग गर्दै आएकामा बेवास्था गरिएकाले तालाबन्दी गर्न बाध्य भएको सुर्नया कृषि अभियान युवा क्लबका अध्यक्ष नरेश बिष्टले बताए ।  

यसअघि उक्त क्लबले गत साउन १९ गते युवा स्वरोजगार बहसको आयोजना गरी युवाका माग गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिनुपर्ने माग गरे पनि गाँउपालिकाले आगामी आव ०७५/७६ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा युवा शब्दसमेत उल्लेख नभएको युवाले बताएका छन् । 

गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टले कर्मचारीका तर्फबाट जवाफ दिने प्रमुख प्रशासकीय अधिकृत गणेश ऐरी ३५ दिने तालीमका क्रममा जिल्ला बाहिर रहेका कारण सार्वजनिक सुनुवाइ गर्न नसकिएको उनले बताए ।  रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।