मंगलबार, वैशाख ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकको छात्रालाई छात्रवृत्ति कार्यक्रम सुरू

ग्लोबल आइएमई बैंकको छात्रालाई छात्रवृत्ति कार्यक्रम सुरू

ग्लोबल आइएमई बैंकले ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम सुरू गरेको छ।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

National life
kumari

काठमाडौं– ग्लोबल आइएमई बैंकले ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम सुरू गरेको छ। उक्त कार्यक्रम अन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक विद्यालयबाट कक्षा छ उत्तीर्ण गरी कक्षा सातमा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्नेछ। 

यी छात्राहरूलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ । समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै आर्थिक रूपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैंकले जनाएको छ। 

यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरूलाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ। ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले मुलुकका सातै प्रदेश समेट्ने गरी हरेक वर्ष ३५ जना छात्राहरूलाई यसै कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


प्रकाशित: Aug 05, 2022| 14:14 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्