बिहीबार, असार ३२, २०८३

कञ्‍चनपुरमा कर्फ्यु हटाइयो, जनजिवन सामान्य बन्दै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कञ्चनपुर- कञ्चनपुरमा बिहीबार साँझ ५ बजेदेखि लगाइएको कर्फ्यु शुक्रबार बिहान ५ बजे हटेपछि जनजिवन सामान्य बन्दै गएको छ। 

भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्‍कारपछि हत्या भएपछि दोषीलार्इ कारबाहीको माग गर्दै प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यु आदेश जारी गरेको थियो। 

विरोध प्रदर्शनका कारण भीमदत्तनगर बिहीबार दिनभर अशान्त बन्यो। प्रहरीले दर्जनौं सेल अश्रु ग्यास तथा गोली प्रहार गरेपछि ६ जना घाइते भए। 

घटनाको तीन सातापछि प्रहरीले आइतबार भीमदत्तनगरपालिका-१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई हत्याका अभियुक्त भन्दै सार्वजनिक गरेपछि आन्दोलनले उग्र रुप लिएको थियो।  मानसिक अवस्था कमजोर भएका विष्टलाई हत्यारा भनी सार्वजनिक गरेपछि आन्दोलन झन चर्किएको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।