बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या प्रकरण: गृहमन्त्रीले पक्राउ परेका भनिएका 'दुर्इ जना' खोर्इ?

निर्मला हत्या प्रकरण: गृहमन्त्रीले पक्राउ परेका भनिएका 'दुर्इ जना' खोर्इ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कञ्चनपुर: कञ्चनपुरको भिमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले सडक र सरकारदेखि सदनसम्म आवाज उठ्यो। 

संसद्‍मा सासंदहरुले साउन १७ गते घटनामो चर्को विरोध गर्दै गृहमन्त्रालय र प्रहरी प्रशासनले अहिलेसम्म किन दोषीलार्इ समात्न सकेन भन्दै प्रश्न गरे। उक्त प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री राम बहादुर थापा बादलले दुर्इ जना उभियुक्तलार्इ कञ्चनपुर प्रहरीले पक्राउ गरिसकेको र अनुसन्धान प्रकृया अघि बढाइसकेको जवाफ दिएका थिए।

गृहमन्त्रीले उनीहरुको नाम लिंदै कैलालीको मोहन्याल गाउँपालिका-५ बस्ने २२ वर्षीय जीवन घर्तीमगर र कञ्चनपुरको भिमदत्तनगरपालिका-५ बस्‍ने १७ वर्षीय दिपक नेगीलार्इ पक्राउ गरी अनुसन्धान अघि बढाएको बताएका थिए। तर, प्रहरीले भने त्सस समसम्म कसैलार्इ नियन्त्रणमा नलिएको जानकारी गराएको थियो। गृहमन्त्रीलार्इ दुवै जना दोषीलार्इ कानुनी दायरामा ल्याइसकेको जानकारी दिएका थिए।

प्रहरीले जानकारी नदिएको हो की गृहमन्त्रीले गलत प्रचार गरेका हुन् भन्‍ने प्रश्न उठेको छ। 

त्यसपछि एकाएक भदौ ४ गते मानसिक सन्तुलन बिग्रिएका र झुत्रे भएर जिप्रकातिर २०-३० रुपैयाँ माग्‍दै हिड्‍ने दिलिप सिंह विष्टलार्इ पक्राउ गर्‍यो। तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टले पत्रकार सम्मेलन गरी विष्टले अपराध स्वीकारेको जानरी दिए। 

विष्टलार्इ पक्राउ गरेलगत्तै स्थानीयहरुले मानसिक सन्तुलन बिग्रिएको व्यक्तिलार्इ पक्राउ गरी अपराधी लुकाउन खोजेको भन्दै स्थानीयहरु आन्दोलित भए। स्थानीयहरुले दोषीलार्इ लुकाउने प्रहरी प्रशासनमाथि नै शंका भएको भन्दै प्रदर्शनमा उत्रिएपछि आक्रोशति भिडलार्इ नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गर्नुका साथै गोली चलायो। प्रहरीको गोली लागेर छ जना घाइते भए। अहिले कञ्चनपुरमा कर्फ्यु लगाइएको छ। 

तर, गृहमन्त्रीले प्रतिनिधि सभामा पक्राउ परेका भनेका दुर्इ जनालार्इ किन सार्वजनिक गरिएन् ? गृहमन्त्रीलार्इ जानकारी दिएको प्रहरीले पक्राउ परेका दुर्इ जना अभियुक्तको विषयमा किन जनतालार्इ भनिएन ? कता हराए यसअघि पक्राउ परेका घर्तीमगर र नेगी ? वा गृहमन्त्रीले संसद्‍मा झुठ बोलेका हुन् स्थानीयहरुले प्रश्न गरिरहेका छन्। 

पछिल्लो समय स्थानीहरुको प्रहरीमाथिको विश्वास नै हराएको छ। प्रहरीले किन विश्‍वास कायम गर्न सकेन। पछिल्लो चरण भएका तीनवटा घटना कञ्चनपुरको बलात्कार, भक्तपुरको अपहरण र निरु पाल धम्की प्रकरणमा प्रहरीको अनुसन्धानमाथि जनताको अविश्वास बढेको हो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।