बिहीबार, असार ३२, २०८३

निर्दोषलाई दोषी करार गर्दा कञ्‍चनपुर घटना: कांग्रेस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसले अवोध किशोरीको बलात्कार पश्चात हत्या जस्तो जघन्य अपराधको गहिरो र गम्भीर छानविन नगरी निर्दोेषलाई दोषी भनेर करार गर्दा नै कञ्चनपुरमा जनता आक्रोसित भएको जनाएको छ।

कांग्रेसले कञ्चनपुर घटनाको गम्भीर छानबिन नगरी निर्दोषलाई दोषी करार गर्दा जनतामा आशंका भएको र झनै विद्रोह जन्माएको निचोड निकालेको छ। कांग्रेस मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा जनप्रदर्शनका भावनालाई सरकारले संयमितापूर्वक आत्मसात नगरेको आरोप लगाएको छ।

‘सरकारले घटनाप्रति संयमता अपनाउनुको सट्टामा उल्टै बल प्रयोग गर्ने, गोली चलाउने, दर्जन भन्दा बढीलाई घाइते बनाउने र कफ्र्युकै अवस्था सृजना गर्ने कर्मको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौ’, मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘ अवोध बालिकाको बलात्कार पश्चातको हत्या जस्तो जघन्य अपराधको गहिरो र गम्भीर छानविन सरकारले गरेन।’

बलात्कारपछिको हत्या जस्तो घटनाको अनुसन्धानमा ढिलाई र कमजोरी हुँदा त्यसले सम्बन्धित परिवारजनलाई चोट पुगेको र गाउँ समाजनै आक्रोशित बन्ने अवस्था सरकारले सिर्जना गरेको कांग्रेसको ठहर छ। कांग्रेसले उच्चस्तरीय छानविन समिति मार्फत समग्र घटनाको गहन र निष्पक्ष छानविन गर्न र घाइतेको सम्पूर्ण उपचार गर्न सरकारसँग माग गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।