बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  •  कुलद्विप नैयर: जसको फोटो मदन भण्डारीको हत्यासँग जोडियो

 कुलद्विप नैयर: जसको फोटो मदन भण्डारीको हत्यासँग जोडियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– कुनै बेला टीएन प्रधान र रमेश प्रधानको नाम देश–विदेशमा भाइरल थियो। अहिलेको जस्तो सामाजिक सञ्जाल या दैनिक पत्रिकाबाट पनि भाइरल भएको होइन। एउटा साप्ताहिक पत्रिकाबाट भाइरल भएको थियो।

तत्कालीन माओवादीनिकट मानिएको जनादेश साप्ताहिकमा टीएन प्रधान र रमेश प्रधानको नामबाट दासढुंगा दुर्घटनाका बारेमा शृंखलाबद्ध लेख आइरहेका थिए। ती लेखको आशय मदन भण्डारीको हत्या पार्टीभित्रका नेताहरूको योजनामा भएको थियो। ती लेखकको पूरै आसय नै एमालेका नेताहरूबाट मदनको हत्या भएको पुष्टि गर्नु थियो। ती लेखका चार वटा शृंखला प्रकाशित गरेको थियो, जनादेशले।

लेख हेर्दा र पढ्दा यति मिल्ने खालको घटनाक्रम लाग्थ्यो कि बैठक गरेको, मदन भण्डारी पोखराबाट चितवन हिँडेकोदेखि सबै कुरालाई मिलाइएको थियो।

निरन्तर लेख छापिएपछि लेखक खोजियो। जनादेश साप्ताहिकलाई टीएन प्रधान र रमेश प्रधानलाई सार्वजनिक गर्न दबाब दिइयो। देशव्यापी दबाब परेपछि जनादेशले ‘यिनै हुन् टीएन प्रधान’ भनेर तस्बिर सार्वजनिक गरियो।
 

दृष्टि साप्ताहिकमा नायरको तस्बिरको पूरा भाग प्रकाशित भयो। त्यसमा एकातिर थिए गणेश खत्री र अर्कोतिर थिइन् पत्रकार उषा तिवारी । तिवारी र खत्रीले नयाँदिल्ली गएका बेला नैयरसँग खिचेको तस्बिरलाई  ‘क्रप’ गरेर नैयरको मात्र प्रकाशित गरिएको रहेछ।


त्यो तस्बिरमा उनै चीर–परिचित भारतीय लेखक कुलद्विप नायर थिए। तर, भारतीय लेखकलाई चिन्ने त अलि पढे–लेखेका मात्र थिए। धेरैले त्यो तस्बिर सार्वजनिक गरिएपछि मदनको हत्या एमालेका नेताहरूबाट भएको रहेछ भन्न थालेका थिए।

पछि टीएन प्रधान र रमेश प्रधानको लेख एक जासुसी उपन्याससँग मिल्यो । त्यो उपन्यासलाई आधार बनाएर घटना र मिति उल्लेख गर्दै लेखिएको रहेछ।

नायरले टीएन प्रधान भनेर आफ्नो तस्बिर प्रकाशित गरेको थाहा पाए। र, मदन भण्डारी हत्याजस्तो संवेदनशील विषयमा आफ्नो तस्बिर प्रयोग भएकामा खेद प्रकट गरेका थिए।

यसरी खिचिएको रहेछ तस्बिर

काठमाडौं चुनदेवीको एक घरमा टीएन प्रधानको लेख तयार हुने गरेको रहस्य धेरैपछि खुल्यो।  त्यस काममा युवा वैज्ञानिकको संज्ञा पाएका गणेश खत्रीलाई प्रयोग गरिएको खुल्यो। तर, अहिले उनी जीवित छैनन् । टीएन प्रधानको नामबाट कुलद्विप नैयरको तस्बिर कसरी आयो भन्नेबारे अन्योल नै थियो।

केही समयपछि दृष्टि साप्ताहिकमा नायरको तस्बिरको पूरा भाग प्रकाशित भयो। त्यसमा एकातिर थिए गणेश खत्री र अर्कोतिर थिइन् पत्रकार उषा तिवारी । तिवारी र खत्रीले नयाँदिल्ली गएका बेला नायरसँग खिचेको तस्बिरलाई ‘क्रप’ गरेर नैयरको मात्र प्रकाशित गरिएको रहेछ।

यो पनि पढ्नुस्, 
भारतीय वरिष्ठ पत्रकार कुलदीप नैयर रहेनन्

 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।