काठमाडौं- पूर्वराजदूत केशव झाका हत्यारालाई हदैसम्मको सजाय दिन माग गर्दै उनकी छोरी राजश्री झाले प्रहरीमा उजुरी दिएकी छन्।
विश्व व्यापार संगठन (डब्लूटीओ)को पूर्वी टिमोरस्थित शाखामा कार्यरत वरिष्ठ प्रसुती रोग विशेषज्ञ डाक्टर राजश्री बुधबार नेपाल आएर आफ्ना बुवाको हत्यारालाई हदैसम्मको सजाय माग गर्दै प्रहरीसमक्ष निवेदन दिएकी हुन्।
पूर्वराजदूत झा सोमबार बिहान बबरमहलस्थित आफ्नै निवास मृत फेला परेका थिए। धारिलो हतियार प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ। झाको बुधबार टिचिङ अस्पतालमा पोस्टमार्टम गरिएको छ।
परिवारसहित आयरल्यान्डमा बस्दै आएका छोरा किरणराज बिहीबार नेपाल आउँदैछन् । स्वर्गीय झाको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४