बिहीबार, असार ३२, २०८३

करेन्ट लागेर एकको मृत्यु, बचाउन गएका २ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नुवाकोट- नुवाकोटको लिखु गाउँपालिका–१ शान्तिबजारमा करेन्ट लागेर एकको मृत्यु भएको छ । सो घटनामा अन्य दुई घाइते भएका छन् । 

बिहीबार बिहान साढे ६ बजे विजुलीको पोल ढल्केर लत्रिएको तारमुनिबाट हिँड्ने क्रममा करेन्ट लागेर बेहोस भएकी लिखु–१ शान्ति बजारकी २३ वर्षीया तुलसा अधिकारीलाई उपचारका लागि विदुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सोही करेन्टमा परेर लिखु–१ शान्ति बजारकै ५५ वर्षीय लालप्रसाद लामिछाने र आफन्तको घरमा आएकी बेलकोटगढी नपा–१२ मदानपुरकी १९ वर्षीया सदीक्षा पौडेल घाइते भएका र उनीहरूलाई विदुरस्थित नुवाकोट सिटी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौंँ पठाइएको छ । 

बुधबार राति बाढीले जमीन कटान गरेकाले खोला छेउमा गाडिएको ३३ केबी प्रसारण लाइनको पोल मानिस हिँड्ने बाटोतर्फ ढल्किएर लत्रिएको सोही वडाका वडाध्यक्ष नरहरि पाण्डेले बताए । सुरक्षित स्थानमा पोल नगाडिएको कारण यो दुर्घटना भएको उनको भनाइ थियो । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।