शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विराटनगरमा पनि खुल्दैछ र्‍याडिसन होटल, तीन अर्ब लगानी

विराटनगरमा पनि खुल्दैछ र्‍याडिसन होटल, तीन अर्ब लगानी

सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोती दुगड र र्‍याडिसन ग्रुपका दक्षिण एसिया प्रबन्ध निर्देशक जुबिना सक्जेनाबीच र्‍याडिसन खोल्ने सम्बन्धमा हस्ताक्षर भएको हो।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९
National life
Shivam cement

काठमाडौं- तीन अर्ब लगानीमा विराटनगरमा होटल खुल्ने भएको छ। सेञ्चुरी ग्रुप र होटेल र्‍याडिसनबीच विराटनगरमा र्‍याडिसन होटल खोल्ने सम्बन्धमा दुईपक्षीय हस्ताक्षर भएको छ।

सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोती दुगड र र्‍याडिसन ग्रुपका दक्षिण एसिया प्रबन्ध निर्देशक जुबिना सक्जेनाबीच र्‍याडिसन खोल्ने सम्बन्धमा हस्ताक्षर भएको हो। 

सेञ्चुरी मलसहित विश्वस्तरको होटेल खुल्दा नेपालको आर्थिक समृद्धिमा योगदान हुने व्यवसायी दुगडले बताए। १४६ कोठाको सो होटेलमा बृहत् सभाहल, जिमखाना, व्यापारिक मलसमेत हुनेछ।

प्रकाशित: Jul 25, 2022| 21:45 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्