शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • व्यापारघाटा १७ खर्ब २० अर्ब हुँदा वस्तु निर्यात २ खर्ब पुग्यो

व्यापारघाटा १७ खर्ब २० अर्ब हुँदा वस्तु निर्यात २ खर्ब पुग्यो

यस्तो घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ। आर्थिक वर्ष २०७७/७८ मा १३ खर्ब ९८ अर्ब रहेको ब्यापारघाटा ३ खर्ब २२ अर्बले बढेको छ।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- आर्थिक २०७८/७९ मा नेपालको व्यापारघाटा १७ खर्ब २९ अर्ब पुगेको छ। यस्तो घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ। आर्थिक वर्ष २०७७/७८ मा १३ खर्ब ९८ अर्ब रहेको ब्यापारघाटा ३ खर्ब २२ अर्बले बढेको छ।

National life

गत आर्थिक वर्ष १९ खर्ब २० अर्ब रुपैयाँको वस्तु आयात भएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २४.७२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको तुलनामा ३ खर्ब ८१ अर्ब रुपैयाँको बढी वस्तुको आयात भएको छ। आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्बको वस्तु आयात भएको थियो। 

आर्थिक वर्ष २०८९/७९ मा २ खर्ब नेपाली वस्तु निर्यात भएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४१.७४ प्रतिशतले बढी हो । 

नेपालको अन्तर्राष्ट्रिय वस्तु व्यापारमा सबेभन्दा धेरै व्यापारघाटा भारतसँग रहेको छ। भारतबाट १२ खर्ब रुपैयाँको वस्तु आयात हुँदा निर्यात १ खर्ब ५५ अर्ब रहेको छ। भारतसँग नेपालको ब्यापारघाटा १० खर्ब ४४ अर्ब रहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। यस्तै चीनसँग नेपालको ब्यापारघाटा २ खर्ब ६३ अर्ब पुगेको छ। नेपालले चीनबाट २ खर्ब ६४ अर्ब रुपैयाँको वस्तु आयात गर्दा नेपालले ८० करोड ८७ लाख रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको छ। 

गत आर्थिक वर्ष सबैभन्दा धेरै विरगञ्ज भन्सारबाट वस्तु आयात तथा निर्यात भएको छ। यस नाकाबाट ७ खर्ब रुपैयाँको वस्तु आयात हुँदा ८० अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यस नाकाबाट कुल वस्तुको ३६.७८ प्रतिशत वस्तु आयात तथा ४० प्रतिशत वस्तु निर्यात भएको विभागले जनाएको छ। 

Shivam cement

सुख्खा बन्दरगाहबाट २ खर्ब १७ अर्ब रुपैयाँको वस्तु आयत हुँदा ४ अर्ब ४७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ खर्ब १० अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा ३२ अर्ब २६ करोड बराबरको वस्तु निर्यात भएको छ। कुल आयातमध्ये त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०.९७ प्रतिशत वस्तु आयात भएको छ भने १६.१३ प्रतिशत निर्यात भएको छ।

प्रकाशित: Jul 25, 2022| 12:48 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्