शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • औद्योगिक क्षेत्र बनाउँदा निजी क्षेत्रलाई मुख्य साझेदार बनाउनुपर्छ : विनोद चौधरी

औद्योगिक क्षेत्र बनाउँदा निजी क्षेत्रलाई मुख्य साझेदार बनाउनुपर्छ : विनोद चौधरी

विगतदेखि घोषणा भएका औद्योगिक क्षेत्रहरुको पृष्ठभूमि सकारात्मक खालको नभएको समेत उनको धारणा छ। सांसद चौधरीले खालि औद्योगिक क्षेत्रको नाममा पर्खालको घेरा लगाएर औद्योगिक क्षेत्रको नाम दिँदैमा औद्योगिक क्षेत्र जीवन्त नहुने दाबी गरे।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं- नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष तथा सांसद विनोद चौधरीले औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदार बनाउनुपर्ने बताएका छन्। 

आइतबार उद्योग परिसंघको १९ औं साधारण सभाको उद्घाटन समारोहमा बोल्दै चौधरीले औद्योगिक क्षेत्र व्यवस्थित र प्रतिष्पर्धी बनाउनको लागि निजी सरकारी साझेदारी अवधारणा अनुसार औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदारी बनाउनुपर्ने बताउनुपर्ने बताएका हुन्। 

विगतदेखि घोषणा भएका औद्योगिक क्षेत्रहरुको पृष्ठभूमि सकारात्मक खालको नभएको समेत उनको धारणा छ। सांसद चौधरीले खालि औद्योगिक क्षेत्रको नाममा पर्खालको घेरा लगाएर औद्योगिक क्षेत्रको नाम दिँदैमा औद्योगिक क्षेत्र जीवन्त नहुने दाबी गरे। 

‘निजी सरकारी साझेदारीअन्तर्गत सबै किसिमका योजनामा निजी क्षेत्रका छाता सङ्गठनलाई सक्रिय साझेदारका रुपमा अगाडि बढाउनुपर्छ। त्यो उसले उद्योग खोल्नको लागि तँछाडमछाडको वातावरण बनाउन सकोस्। त्यसको लागि कस्तो किसिमको नीति,पूर्वाधार चाहिन्छ त्यो निजी क्षेत्रले बताउँछ,' उनले भने, 'निर्यातको लागि अनुदान दिनेकुरा पुरानो होइन। तर सरकारको अनुदानले निर्यातमा खासै प्रभाव पार्न सकेन। निर्यात बढ्नको लागि हामीसँग उत्पादन हुनुपर्छ।’

चौधरीले सरकारले निर्यात उद्योगलाई विगतदेखि अनुदान दिँदै आएपनि अनुदान दिएअनुसार निर्यात बढ्न नसकेको बताए। अनुदान भन्दा पनि निर्यातको लागि उत्पादन विशेष हुने बताए।


प्रकाशित: Jul 24, 2022| 20:09 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्