शनिबार, असोज १०, २०८३

दराज महाबचत अभियानमा ६० प्रतिशतसम्म छुट

नेपालको अग्रणि अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान दराज महाबचत बजार सुरु भएको घोषणा गरेको छ।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– नेपालको अग्रणि अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान दराज महाबचत बजार सुरु भएको घोषणा गरेको छ।

यही साउन ८ गतेबाट सुरु भएको यो अभियानको मुख्य उद्देश्य ग्राहकलाई दराजमा किनमेल गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ। अभियानअन्तर्गत ६० प्रतिशतसम्म छुट, अनलाइन प्रिपेमेन्टमा १५०० रुपैयाँसम्मको छुट, ७००० सम्मको भोचर, निःशुल्क सिपिङ र बम्पर उपहारमा टर्की उड्ने निःशुल्क टिकट जित्ने मौका रहेको छ। 

दराज महाबचत बजार अभियानमा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूमा विशेष डिल र छुटहरू रहनेछ। ग्राहकले आफ्नो मन पर्ने ब्रान्डहरूबाट ६० प्रतिशतसम्म छुट पाउनेछन्।

प्रकाशित: Jul 24, 2022| 15:49 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्