शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मौद्रिक नीतिपछिको पहिलो कारोबार दिनमा ६१ अंकले बढ्यो नेप्से

मौद्रिक नीतिपछिको पहिलो कारोबार दिनमा ६१ अंकले बढ्यो नेप्से

मौद्रिक नीतिको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ। मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक ६१.०५ अंकले बढेको छ।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– मौद्रिक नीतिको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ। मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक ६१.०५ अंकले बढेको छ। 

मौद्रिक नीतिले सेयर धितो कर्जा गत वर्षको तुलनामा केही खुकुलो गर्दा यसको प्रभाव बजारमा देखिएको हो। नीति जारी भएपछिको पहिलो दिन आइतबार सेयर बजार २०७८.५१ विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बै‌ंकले चालू आवका लागि गत शुक्रबार मौद्रिक नीति जारी गरेको थियो।

तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। आज आइतबार सेन्ट्रल फाइनान्स कम्पनी, समृद्धि फाइनान्स कम्पनी र मल्टिपर्पोज फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। बजार बढेका कारण थप सात कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ। 

नेप्सेमा सूचीकृत कम्पनीमध्ये आज २१९ कम्पनीको ६४ लाख २३ हजार कित्ता सेयर ४२ हजार पटक कारोबार भएको छ। यसबाट कुल २ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ।


प्रकाशित: Jul 24, 2022| 15:26 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्