शनिबार, असोज १०, २०८३

मेगा बैंक १२ औं वर्षमा प्रवेश

मेगा बैंक ११ वर्ष पूरा गरी १२ औं वर्षमा प्रवेश गरेको छ। १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिए।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– मेगा बैंक ११ वर्ष पूरा गरी १२ औं वर्षमा प्रवेश गरेको छ। १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिए।

अध्यक्ष शाहले मेगा बैंकले देशले भोगेका प्राकृतिक विपत्ति तथा कोरोना जस्ता महामारीका कारण राष्ट्र तथा बैंक वित्तीय संस्थाहरुले भोगेको संकटको समयमा समेत लगानीकर्तालाई सन्तुलित तथा न्यायोचित प्रतिफल दिन सक्षम हुन बैंकले लिएका सही नीति तथा बजेटको कार्यान्वयनको परिणाम भएको बताए। विगतमा विभिन्न बैंकसँग मर्जर र एक्विजिसनको सन्दर्भलाई जोड्दै उनले मेगा बैंकले स्थापित गरेका मान्यताहरुमा विचलन नआउनेमा विश्वस्त रहेको बताए।

बैंककी कायममुकायम सिइओ रविना देशराज श्रेष्ठले हलोदेखि हाइड्रोसम्म भन्ने नाराका साथ बैंकको यात्रा अगाडि बढेको र आजसम्म आइपुग्दा थुप्रै वित्तीय सूचकहरुमा यो बैंकको अवस्था उत्साहमूलक देखिएको बताइन्। कामु सिइओ श्रेष्ठले दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाइएको बताइन्। 

बैंकले १२औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ। मेगा बैंकका अध्यक्ष शाहले समता अस्पतालका अध्यक्ष उत्तम सञ्जेललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए। 


प्रकाशित: Jul 24, 2022| 13:09 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्