शुक्रबार, असार ५, २०८३

अभियान लघुवित्तले साउन १८ गतेदेखि आइपिओ खुला गर्ने

कम्पनीले यही साउन १८ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यमा नौ करोड ७५ लाख मूल्य बराबरको नौ लाख ७५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्न लागेको हो।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं- अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

National life

कम्पनीले यही साउन १८ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यमा नौ करोड ७५ लाख मूल्य बराबरको नौ लाख ७५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्न लागेको हो।

कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कूल जारी पुँजी (२५ लाख कित्ता)को ०.५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र निष्काशित सेयरको पाँच प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरि बाँकी नौ लाख १३ हजार ७५० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ। 

सर्वसाधारणले यही साउन २२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी भदौ १ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ। 

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ। 

Shivam cement

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ। 

प्रकाशित: Jul 24, 2022| 13:06 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्