शुक्रबार, असार ५, २०८३

सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच सम्झौता

सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगन्जबीच न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९
National life
Shivam cement

काठमाडौं– सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगन्जबीच न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक चार लाख ८० हजार सहयोग उपलब्ध गराउनेछ। सानिमा बैंकले प्रत्येक नारी बचत खाताबापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ। उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले नेपाल प्रहरी अस्पतालसँग सम्झौता गरेको हो।

नेपाल प्रहरी अस्पतालमा आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक  डा. आशा सिंंह र सानिमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका हुन्।


प्रकाशित: Jul 24, 2022| 12:50 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्