आइतबार, वैशाख १६, २०८१

४ महिनापछि कोरोना संक्रमितको मृत्यु, मोरङ कारागार 'हटस्पट' बनेपछि बढाइयो सक्रियता

शनिबार मृत्यु हुने ५७ वर्षीया महिला सुनसरी रामधुनी-७ की हुन्। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिइन्।
 |  आइतबार, साउन १, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, साउन १, २०७९

विराटनगर- प्रदेश १ मा ४ महिनायता पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ। गत वर्ष चैत ७ गतेपछि असार ३२ गते शनिबार एक महिलाको मृत्यु भएको हो। 

triton college

शनिबार मृत्यु हुने ५७ वर्षीया महिला सुनसरी रामधुनी-७ की हुन्। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिइन्। 

कोभिडविरुद्धको दोस्रो डोज खोप लगाएकी महिला असार ३० गते अस्पताल भर्ना भएकी प्रतिष्ठानले जनाएको छ। चार महिनापछि एक संक्रमितको मृत्यु भएसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २६१ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमितको मृत्यु भएपछि सरकारी निकायले सक्रियता बढाएका छन्। 

सातामै थपिए १९९ संक्रमित
प्रदेश १ मा एक सातामै १९९ जना कोरोना संक्रमित थपिएका छन्। गत सोमबारसम्म प्रदेशभर ४ जनामा संक्रमण देखिएकोमा आईतबारसम्म आईपुग्दा संक्रमितको संख्या १९९ पुगेको मन्त्रालयले जनाएको छ। 

आइतबार २६१ जनाको पीसीआर परीक्षण गर्दा ७४ र १७३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जना गरी ८१ जना संक्रमित थपिएको मन्त्रालयले विवरण सार्वजनिक गरेको छ। शनिबार १७ जनाको परीक्षण गर्दा ४ र २३२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना, शुक्रबार ३५ जनाको पीसीआर परीक्षण गर्दा १७ र २३७ जनाको एन्टिजेन परीक्षण गर्दा २९, विहीबार ५६ जनाको पीसीआर परीक्षण गर्दा १७ र २३६ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको थियो।

corrent noodles
Metro Mart
कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणका लागि मोरङ प्रशासनले सक्रियता बढाइएको छ। सबै क्षेत्रलाई मास्क अनिवार्य गराउँदै सम्बन्धित स्थानीय तहमार्फत् कोरोनाको परीक्षणसमेत तीव्र पारिने भएको छ। 

बुधबार ३४ जनाको पीसीआर परीक्षण गर्दा १२ र १९५ जनाको एन्टिजेन परीक्षण गर्दा ६, मंगलबार १६ जनाको पीसीआर परीक्षण गर्दा ६ र २०७ जनाको एन्टिजेन परीक्षण गर्दा ५ र सोमबार १२ जनाको पीसीआर परीक्षण गर्दा १ जना र १०३ जनाको एन्टिजेन परीक्षणगर्दा ३ जनामा संक्रमण देखिएको प्रदेश १ स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १३५ रहेको छ। संक्रमित भएकामध्ये १०९ जना होम आइसोलेसनमा रहेका छन्। २६ जना संक्रमितहरु विभिन्न अस्पतालको उपचार केन्द्रहरुमा उपचाररत रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। 

कोरोना नियन्त्रणमा सक्रियता 
कोरोना संक्रमितको उपचारका लागि १ हजार ९६ बेडहरु तयारी अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयकी विशेषज्ञ चिकित्सक डा. संगीता राईले बताइन्। उनका अनुसार ३७२ जेनेरल बेड, २०८ आईसीयु, १०७ भेन्टिलेटर, १४९ आईसोलेसन बेड र ३६७ एचडीयू बेडहरु तयारी छन्। प्रदेशभर ३१ वटा उपचार केन्द्र तथा अस्पताल रहेको डा. राईले जानकारी दिइन्। 

कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणका लागि मोरङ प्रशासनले सक्रियता बढाइएको छ। सबै क्षेत्रलाई मास्क अनिवार्य गराउँदै सम्बन्धित स्थानीय तहमार्फत् कोरोनाको परीक्षणसमेत तीव्र पारिने भएको छ। 

मोरङ कारागारमा संक्रमण फैलिएपछि बसेको डिसीसीएमसीको बैठकले कोरोनाको बढ्दो संक्रमण नियन्त्रण गर्नका लागि कैदी बन्दीको कोरोना परीक्षण गर्ने, संक्रमितको उपचार कोशी कोभिड अस्पतालमा गराउने, उपचारमा आवश्यक जनशक्तिको व्यवस्थापन, आमनागरिकमा स्वास्थ्य मापदण्ड पालना र जनचेतनाका लागि सम्बन्धित स्थानीय तहमार्फत माइकिङ गर्ने, सम्भावित जोखिमका बारेमा नागरिकलाई जानकारी दिने तथा सबै क्षेत्रमा मास्क अनिवार्य गराउने लगायतका निर्णय गरेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। 

'कोभिडको उपचारमा कुनै किसिमको कमी हुन नदिने गरी तयारी गरिएको उनको दावी छ। प्रदेशका सवै जिल्ला अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ,' उनले बताए, 'उपचारमा कुनै पनि प्रकृतिको कमजोरी हुन दिइने छैन।'

संक्रमितको उपचारका लागि आवश्यक औषधि तत्काल आपूर्ति गर्न प्रदेश १ को स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने, कोभिडका बिरामीको उपचारमा निजी अस्पताललाई तयारी अवस्थामा राख्ने, खोप नलगाएका कैदी बन्दीको विवरण संकलन, लामो समय भारत बसेर नेपाल फर्किएका र भारतीय नागरिकको सीमा क्षेत्रमा कोरोना परीक्षण गर्ने तथा सबै पालिकाले कोरोनाको परीक्षणलाई तीव्र बनाउने लगायतका निर्णय भएको प्रजिअ दाहालले बताए। 

जिल्ला कारागार मोरङमा कोरोना परीक्षण गरिएका मध्ये ५४ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना परीक्षण गरिएकामध्ये थप ३५ जनाको रिपोर्ट पोजिटिभ आएको हो। प्रजिअ दाहालले ४८ जनामध्ये ३५ जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए। यसअघि शुक्रबार १९ जना कैदी बन्दीमा कोरोना पुष्टि भएको थियो।

आइतबार प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव, प्रजिअ दाहाल  सहितको कोशी कोभिड अस्पतालको अनुगमन एवं निरीक्षण गरेको छ। कोभिड अस्पतालमा बेडको अवस्था, स्वास्थ्यकर्मीसमेतका जनशक्तिको उपलब्धता, अस्पतालबाट प्रवाह भइरहेको सेवा प्रवाह, संक्रमितले पाइरहेको उपचारलगायतका बारेमा जानकारी लिएको बताइएको छ। 

उपचारमा कमजोरी हुन दिन्नौं : मन्त्री यादव
कोरोना संक्रमण बढेसँगै उपचारका लागि स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा राखिएको प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव जानकारी दिए। 'कोभिडको उपचारमा कुनै किसिमको कमी हुन नदिने गरी तयारी गरिएको उनको दावी छ। प्रदेशका सवै जिल्ला अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ,' उनले बताए, 'उपचारमा कुनै पनि प्रकृतिको कमजोरी हुन दिइने छैन।'

कोरोना संक्रमण बढ्दै गएपछि विराटनगर महानगरपालिकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मोरङ कारागार भित्र संक्रमण फैलिएको र बजारमा पनि संक्रमण देखिएका कारण महानगरपालिकाले अत्यावश्यक काम बाहेक घर बाहिर नजान पनि सर्वसाधारणलाई आग्रह गरेको छ। महानगरले जारी गरेको सूचनामा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ। 

प्रकाशित: Jul 17, 2022| 20:42 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्