शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सवारीको आयात प्रतिबन्ध लम्बिएपछि अनिश्चित बन्यो नाडा अटो शो

सवारीको आयात प्रतिबन्ध लम्बिएपछि अनिश्चित बन्यो नाडा अटो शो

‘पहिला बुकिङ गरेर एलसी खोल्ने गरेका थियौँ। अब भने भने एलसी खोलेर बुकिङ गर्नुपर्ने अवस्था भयो,’ उनले भने, ‘अन्यथा भोलिका दिनमा बाह्य कम्पनीले हामीलाई वस्तु (गाडी) पठाउन नमान्ने भए।'
 |  आइतबार, साउन १, २०७९

भीमा पन्थी

भीमा पन्थी

आइतबार, साउन १, २०७९

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको 'नाडा अटो शो–२०२२' अनिश्चित बनेको छ। सरकारले दुईपांग्रे सवारी साधन आयातमा थप कडाइ गर्दै चारपांग्रे सवारीको आयातमाथिको प्रतिबन्धलाई भदौ १४ सम्म निरन्तरता दिएपछि अटो शो अनिश्चित भएको हो।

triton college

नाडाका अध्यक्ष ध्रुव थापाले अटो शो सार्ने वा स्थगित गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए। सरकारले आयात बन्द गरिदिएपछि अटो शो गर्न नसकिने भएकाले व्यवसायीहरूसँग छलफल थालिएको उनको भनाइ छ। 

सरकारको अस्थिर नीतिका कारण व्यवसायीले हैरानी खेपेको थापाको भनाइ छ। 'नेपालमा कतिबेला के हुन्छ भनेर तसिर्नुपर्ने अवस्था छ। अल्पकालिन समयको व्यापारमा भन्दा पनि व्यापारिक विश्वासमा नै समस्या छ,' अध्यक्ष थापाले भने, 'बुकिङ लियो सरकारले बन्द गरिदिन्छ। यसले ग्राहकको विश्वासमा दरार पैदा गरेको छ। किन्ने निर्णय दिन नसकेपछि निर्यात कम्पनीले गर्ने विश्वास पनि डगमगायो।’

सरकारको गल्ती ढाकछोप गर्न पहिला एलसी खोलेर मात्रै बुकिङ गर्नुपर्ने अवस्था आएको उनले बताए। ‘पहिला बुकिङ गरेर एलसी खोल्ने गरेका थियौँ। अब भने भने एलसी खोलेर बुकिङ गर्नुपर्ने अवस्था भयो,’ उनले भने, ‘अन्यथा भोलिका दिनमा बाह्य कम्पनीले हामीलाई वस्तु (गाडी) पठाउन नमान्ने भए।'

‘पहिला बुकिङ गरेर एलसी खोल्ने गरेका थियौँ। अब भने भने एलसी खोलेर बुकिङ गर्नुपर्ने अवस्था भयो,’ उनले भने, ‘अन्यथा भोलिका दिनमा बाह्य कम्पनीले हामीलाई वस्तु (गाडी) पठाउन नमान्ने भए।'

पटकपटक सवारी साधन विलासिताको वस्तु नभएको भनी आफूहरूले बुझाउँदै आएपनि सरकारले सुनुवाइ नगरेको उनको दुखेसो छ। सवारी साधनबाट दैनिकी चल्ने दुनियाँमा सवारी नै विलासी हुनु दुखद् रहेको उनको भनाइ छ। सरकारले केही व्यवसायीलाई फाइदा पुग्ने गरी इन्जिनको सीसी क्षमताका आधारमा आयातमा प्रतिबन्ध लगाइएको उनको भनाइ छ। 

corrent noodles
Metro Mart

अटो शोका लागि धरौटीमा गाडी
अध्यक्ष थापाले आयात प्रतिबन्धले नाडा अटो शोलाई मात्रै प्रभाव नपार्ने उल्लेख गरे। शोमा धरौटीमा गाडी ल्याउन सकिने विकल्प रहेको कारण शोकै लागि भने समस्या नपार्ने उनले बताए। ‘आयातमा प्रतिबन्धले अटो शोमा खासै असर पर्दैन। गाडी निर्माता कम्पनीबाट धरौटीमा (पछि फिर्ता गर्न) वा भन्सार शुल्कपछि भुक्तानी गर्ने सर्तमा गाडी ल्याउन सकिन्छ,’ उनले भने। 

प्रकाशित: Jul 17, 2022| 16:00 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्