आइतबार, असोज ११, २०८३

सनराइज बैंकले भित्र्यायो २ अर्ब ३७ करोड वैदेशिक ऋण

सनराइज बैंक लिमिटेडले २ अर्ब ३७ करोड रुपैयाँको वैदेशिक ऋण भित्र्याएको छ। बैंकले सिम्बायोटिक्स एसए, जेनेभा स्विट्जरल्याण्डबाट ३ वर्षको लागि १ करोड ८६ लाख अमेरिकी डलर वैदेशिक ऋण भित्र्याएको हो।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं– सनराइज बैंक लिमिटेडले २ अर्ब ३७ करोड रुपैयाँको वैदेशिक ऋण भित्र्याएको छ। बैंकले सिम्बायोटिक्स एसए, जेनेभा स्विट्जरल्याण्डबाट ३ वर्षको लागि १ करोड ८६ लाख अमेरिकी डलर वैदेशिक ऋण भित्र्याएको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएसँगै बैंकले देशमा तरलता अभाव रहेको अवस्थामा वैदेशिक ऋण भित्र्याएको हो। यो ऋणले हालको तरलता अभावको बीचमा नै रहेको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने बैंकले जनाएको छ।

बैंकले भित्र्याएको उक्त ऋण रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण विस्तार गर्नेका लागि प्रयोग गर्ने जनाएको छ। उक्त ऋण रकमले बैंकको तरलता केही हदसम्म मजबुद पार्ने मद्दत गर्ने बैंकको विश्वास छ।

सिम्बायोटिक्स एसएले सनराइज बैंकको वित्तीय सूचकाङ्क, बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका, पारदर्शीताका साथै देशको विद्यमान आर्थिक सूचकाङ्कलाई समेत मध्यनजर गरि सो ऋण प्रदान गरेको हो।

प्रकाशित: Jul 17, 2022| 12:33 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्