शुक्रबार, चैत २९, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • विद्युत प्राधिकरण भरतपुर वितरणका कर्मचारीद्वारा पत्रकार आचार्यमाथि आक्रमण

विद्युत प्राधिकरण भरतपुर वितरणका कर्मचारीद्वारा पत्रकार आचार्यमाथि आक्रमण

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले चितवनका पत्रकार कृष्ण आचार्यमाथि कुटपिट गरेका छन्। नारायणी अनलाइनका सम्पादक रहेका पत्रकार आर्चाय शुक्रबार साँझ प्राधिकरणको कार्यलय भवनभित्रै रक्सी पार्टी भइरहेको सूचना पाएपछि रिपोर्टिङमा पुगेका थिए।
 |  शनिबार, असार ३२, २०७९
nespernesper

निशा श्रेष्ठ

निशा श्रेष्ठ

शनिबार, असार ३२, २०७९

vianetvianet

भरतपुर- विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले चितवनका पत्रकार कृष्ण आचार्यमाथि कुटपिट गरेका छन्। नारायणी अनलाइनका सम्पादक रहेका पत्रकार आर्चाय शुक्रबार साँझ प्राधिकरणको कार्यलय भवनभित्रै रक्सी  पार्टी भइरहेको सूचना पाएपछि रिपोर्टिङमा पुगेका थिए।

triton college

कार्यालय परिसरभित्रै रक्सी पार्टीमा रमाएका कर्मचारीहरुले आचार्यले समाचार संकलनका लागि फोटो भिडियो खिचेको भन्दै आक्रमणमा उत्रेका थिए। समूहनै मिलेर कुट्न थालेपछि आचार्य बन्द भएको गेट चढेर भागेर ज्यान जोगाएको बताएका छन्।

उनको कुटपिटबाट हातमा चोट लागेको छ। कर्मचारीले आक्रमण गर्दै कपडा समेत च्यातिदिएका र मोबाइल फोन समेत कार्यालयका कर्मचारीले कब्जा गरेको पत्रकार आर्चाय बताउँछन्।

पत्रकार महासंघ चितवनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कानुनी कारबाहीको दायारामा ल्याउन प्रशासनसँग माग गरेको छ। महासंघले प्राधिकरणको भरतपुर वितरण केन्द्रका कर्मचारीहरुद्वारा भएको सांघातिक आक्रमणको घटनाप्रति भर्त्सना व्यक्त गर्दै दोषीलाई कारबाहीको माग गरेको हो। 

‘कार्यालयको मूल गेट बन्द गरेर पत्रकार आचार्यलाई नियन्त्रणमा लिई उनको मोबाइलसमेत कब्जामा लिएर लछारपछार एवं कुटपिट गरिएको घटना अक्षम्य हो। कार्यालयभित्र कर्मचारीहरुले मदिरा सेवन गरी होहल्ला गरेको भन्‍ने सूचनाका आधारमा समाचार संकलनका लागि जाँदा पत्रकार आचार्यमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रशासन समक्ष जोडदार माग गर्दछौं।’ विज्ञप्तिमा भनिएको छ। महासंघले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न सम्बन्धित सबैमा ध्यानाकर्षण गराएको छ।

National life insurance

प्रकाशित: Jul 16, 2022| 12:57 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्