बुधबार, पुस ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकामा आपतकाल : प्रदर्शनकारी थप आक्रामक बन्दै [तस्बिरहरू]

श्रीलंकामा आपतकाल : प्रदर्शनकारी थप आक्रामक बन्दै [तस्बिरहरू]

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरे पनि आन्दोलनकारीको समूह पछि हटेको छैन।
 |  बिहीबार, असार ३०, २०७९

बीबीसी

बीबीसी

बिहीबार, असार ३०, २०७९

कोलम्बो- राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडे पनि श्रीलंकाको अवस्था तनावपूर्ण रहेको छ। बुधबार प्रदर्शनकारीको एक समूह सडकमा उत्रिएर प्रधानमन्त्री रनिल विक्रमासिंघेको कार्यालयमा जबरजस्ती प्रवेश गरेका थिए।

National life

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरे पनि आन्दोलनकारीको समूह पछि हटेको छैन।

राष्ट्रपति गोताबाया राजापाक्षे श्रीलंकाबाट भागेर देशमा संकटकाल घोषणा गरेपछि रनिल विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेका छन्। आन्दोलनकारीले आफूहरू गोटा-रानिल सरकारको विरुद्धमा रहेको भन्दै दुवैको राजीनामा माग गरिरहेका छन्।

प्रदर्शनकारी प्रधानमन्त्री कार्यालयको गेटमा चढेका थिए। कतिपयले गेट तोड्न खोजेका थिए। केही प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि बोतल प्रहार गरेका दृष्य तस्बिरमा देख्न सकिन्छ। तर, कतिपय ठाउँमा सुरक्षाकर्मीले आन्दोलनकारीलाई रोक्न कुनै प्रयास नगरेको बीबीसमा उल्लेख छ।

प्रधानमन्त्री कार्यालयमा आपतकाल र कर्फ्यूले आन्दोलनकारीलाई कुनै असर गरेको छैन। आन्दोलनकारीले सरकारको विरोध गरिरहेका छन्।

Laxmi sunrise bank
kumari





प्रकाशित: Jul 14, 2022| 08:26 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।