आइतबार, असार २८, २०८३

अर्थमन्त्रीका विवादित विषय पुगे मन्त्रिपरिषद्‍

सोमबार संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सेटिङ गरेर बजेट ल्याएका अर्थमन्त्रीलाई नहटाएको भन्दै प्रधानमन्त्री देउवाको कडा आलोचना गरेका थिए। एमालेले सडकमा समेत अर्थमन्त्री शर्माको विरोध गरिरहेको छ।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

काठमाडौं- मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माका विषयमा उठेका विवादबारे छलफल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जर्नादन शर्माका विवादका विषय बैठकमा प्रवेश गराएका हुन्। 

प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिन सुझाव दिएका छन्। यसअघि नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्री विवादमा मुछिइसकेपछि या त राजीनामा दिनुपर्ने त्यो नभए प्रधानमन्त्रीले नै अर्थमन्त्रीलाई हटाउनुपर्ने माग गरेका थिए। यस्तै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अर्थमन्त्रीका विषयमा सभामुख र प्रधानमन्त्रीसँग परामर्श गर्ने बताएका थिए। 

सोमबार संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सेटिङ गरेर बजेट ल्याएका अर्थमन्त्रीलाई नहटाएको भन्दै प्रधानमन्त्री देउवाको कडा आलोचना गरेका थिए। एमालेले सडकमा समेत अर्थमन्त्री शर्माको विरोध गरिरहेको छ। 

प्रशासनभन्दा बाहिरका व्यक्तिबाट आर्थिक ऐन बनाएको आरोप लागेका अर्थमन्त्री शर्माले सीसीटीभी फुटेज डिलिट भएको बताएका थिए। यसपछि अर्थमन्त्री शर्माको आलोचना अझ तीव्र भएको छ। 

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्