शुक्रबार, वैशाख २८, २०८१

भारतीय प्रधानमन्त्री मोदीका आलोचक मोहम्मेद जुबिर पक्राउ

भारतीय प्रहरीले फ्याक्ट चेकिङ वेबसाइटका सहसंस्थापकसमेत रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक मोहम्मद जुबिरलाई पक्राउ गरेको छ। अल्टन्युजका जुबिरलाई हिन्दु धर्मको अपमान गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ।
 |  मंगलबार, असार १४, २०७९

बीबीसी

बीबीसी

मंगलबार, असार १४, २०७९

नयाँ दिल्ली- भारतीय प्रहरीले फ्याक्ट चेकिङ वेबसाइटका सहसंस्थापकसमेत रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक मोहम्मद जुबिरलाई पक्राउ गरेको छ। अल्टन्युजका जुबिरलाई हिन्दु धर्मको अपमान गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ। 

triton college

उनलाई पक्राउ गरेपछि विपक्षी दल तथा पत्रकारहरुले भने सरकारको आलोचना गरेका छन्। जुबिरको पक्राउले मोदी नेतृत्वको सरकार 'हिन्दु-राष्ट्रवादी' सरकार भएको पुष्टि भएको विपक्षीहरुको आरोप छ। 

जुबिरले यसअघि ट्विटरमा भारतीय जनता पार्टीका प्रवक्ताले एक टेलिभिजन अन्तर्वार्तामा प्रोफेट मोहम्मदको अपमान गरेको भन्दै टिप्पणी गरेका थिए। उनको ट्विट विभिन्‍न मुलुकमा शेयर गरिएको थियो। पछिल्लो साता हिन्दुवादीहरुले उनको कमेन्टप्रति ध्यानाकर्षण भएको जनाउँदै आफ्नो धार्मिक भावनामाथि चोट पुगेकोले छानबिन गर्न माग गरेका थिए। 

मोहम्मदले सन् २०१७ मा पूर्व-इन्जिनियर प्रतिक सिन्हासँग मिलेर फ्याक्ट चेकिङ वेबसाइट अल्टन्युज सुरु गरेका थिए। पत्रकारहरुले उनको तत्काल रिहाइको माग गरिरहेका छन्। 

प्रकाशित: Jun 28, 2022| 19:32 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।