बुधबार, पुस ३०, २०८२

टेक्सासको एक ट्रकमा ४६ जनाको शव फेला

संयुक्त राज्य अमेरिकाको टेक्सासमा एक ट्रकमा ४६ जनाको शव फेला फरेको छ। टेक्सासको सान एन्टोनियोमा रोकि राखिएको बेवारिसे ट्रकमा उक्त शवहरु फेला परेको बीबीसीले जनाएको छ।
 |  मंगलबार, असार १४, २०७९

बीबीसी

बीबीसी

मंगलबार, असार १४, २०७९

टेक्सास- संयुक्त राज्य अमेरिकाको टेक्सासमा एक ट्रकमा ४६ जनाको शव फेला फरेको छ। टेक्सासको सान एन्टोनियोमा रोकि राखिएको बेवारिसे ट्रकमा उक्त शवहरु फेला परेको बीबीसीले जनाएको छ। 

National life

बीबीसीका अनुसार चार बालबालिकासहित १६ जनालाई अस्पताल लगिएको छ। अमेरिका र मेक्सिकोको सीमा क्षेत्रबाट २५० किलोमिटरको दूरीमा पर्ने सान एन्टोनियो मानव तस्करहरुको मुख्य ट्रान्जिट हो। 

मानव तस्करहरुले पनि अवैधरुपमा आप्रवासीहरु ओसार्नका लागि ट्रकको प्रयोग गर्ने गरेको बीबीसीले जनाएको छ। ग्रामिण क्षेत्रमा मानिसहरुलाई भेटेपछि उनीहरुलाई तस्करीका लागि अन्य क्षेत्रमा लैजान ट्रकको प्रयोग हुने गरेको थियो। 

सान एन्टोनियोका मेयर रोन निरेनबर्गले भने, 'परिवारहरु नै राम्रो जीवनयापनका लागि गएकोजस्तो देखिन्छ। यो मानव दु:खान्त र भयानक दृश्य हो।' अधिकारीहरुका अनुसार सहरका कामदारहरुले ट्रकभित्र रोइरहेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेको पाइएको छ। 

उक्त घटनामा संलग्‍न भएको आरोपमा तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको बताइएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 28, 2022| 18:34 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।