सोमबार, वैशाख ८, २०८२

धानको बिमामा आकर्षित हुँदै चितवनका किसान

९ हजार बिघा क्षेत्रफलमा लगाइएको धानखेतीमा बिमा गर्न लागिएको हो।
 |  मंगलबार, असार १४, २०७९
nespernesper

रासस

रासस

मंगलबार, असार १४, २०७९

vianetvianet

चितवन– चितवनका किसान धान खेतीमा हरेक वर्ष विभिन्न समस्या झेल्नु परेपछि बिमातर्फ केन्द्रित हुन थालेका छन्। किसानले स्थानीय पालिकाको सहकार्यमा बाली बिमा कार्यक्रममार्फत धानबालीको बिमा गर्न लागेका हुन्। 

triton college

पूर्वी चितवनका दुई सहकारीले आफ्नो कार्यक्षेत्रभित्र पर्ने किसानको धानको बिमा  सुरु गरेका छन्। कुमरोज र बछौलीमा रहेका साना किसान कृषि सहकारी संस्थाले आफ्नो कार्यक्षेत्रभित्रका  किसानको धानको बिमा गर्न थालेका हुन्।

कुमरोजका व्यवस्थापक हेम कार्कीले अहिलेसम्म २०० बढी किसानको धानको बिमा गरिएको बताए। उनले भने, ‘४ सय बिघा जमिनको धानको बिमाका लागि बिमा कम्पनीमा निवेदन पठाइसकेका छौं।’

अझै किसानको आवेदन आउने क्रम जारी रहेको बताउँदै व्यवस्थापक कार्कीले यो संख्या बढ्ने अनुमान गरे। कुमरोजका किसानको धान बिमाको प्रिमिय रकम तत्कालका लागि सहकारीले तिर्नेछ। पछि सहकारीले खैरहनी नगरपालिकासँग मागदाबी गरी लिनेछ।

उनले भने, ‘यसो गर्दा किसानलाई भार पर्दैन।’ बिमाका लागि सरकारबाट स्वीकृत धान वा स्थानीय जात हुनुपर्ने सम्झौतामा उल्लेख छ। 

National life insurance

नेक ब्लास्ट(घाँटी मरुवा), गबारो, असिनापानी, फौजी कीरा, बाढीपहिरोजस्ता कारणले धानबालीमा हुने क्षति न्यूनीकरणका लागि बिमा गरिएको उनले जानकारी दिए।

यस्तै, बछौलीका व्यवस्थापक रामहरि दाहालले रत्ननगर नगरपालिका–३ देखि ९ सम्मका ७ वटा वडाका किसानको धान बिमा गर्न लागिएको बताए। उनका अनुसार यस क्षेत्रमा रहेका ३ हजार ५०० किसानको धानको बिमा गर्न लागिएको छ।

यस क्षेत्रको ९ हजार बिघा क्षेत्रफलमा लगाइएको धानखेतीमा बिमा गर्न लागिएको हो। पालिकासँगको सहकार्यमा शिखर इन्स्योरेन्ससँग बिमा गर्न लागिएको व्यवस्थापक दाहालले बताए। उनले भने, ‘धान खेती गर्ने किसानले हरेक वर्ष कुनै न कुनै समस्या झेल्नु परेपछि धानको बिमा गर्न लागेका हौं।’

भरतपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी माधव पौडेलले धान खेतीमा हुने क्षति न्यूनीकरणका लागि बिमा गर्न किसानलाई प्रोत्साहन गरिएको बताए। यसले राज्य र किसान दुवैलाई फाइदा हुने उनको भनाइ छ।

सरकारले बिमा रकममै ८० प्रतिशत छुट दिँदै आएको छ। बाँकी २० प्रतिशत रकम रत्ननगर र खैरहनी नगरपालिकाले बेहोर्ने निर्णय गरेको सूचना अधिकारी पौडेलले जानकारी दिए। सुरुमा किसानले तिरेको २० प्रतिशत रकम नगरपालिकाले पछि बेहोर्ने गरी निर्णय गरिएको हो।

प्रकाशित: Jun 28, 2022| 12:50 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्