बुधबार, पुस ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जी-७ सम्मलेन सुरु भएसँगै युक्रेनको राजधानीमा रुसको आक्रमण

जी-७ सम्मलेन सुरु भएसँगै युक्रेनको राजधानीमा रुसको आक्रमण

जी–७ सदस्य राष्ट्रका राष्ट्रप्रमुखहरु सम्मेलनका लागि जर्मनीमा भेला भइरहँदा रुसले युरोपियन मुलुक युक्रेनको राजधानी किभमा आक्रमण गरेको छ।
 |  आइतबार, असार १२, २०७९

बीबीसी

बीबीसी

आइतबार, असार १२, २०७९

किभ– जी–७ सदस्य राष्ट्रका राष्ट्रप्रमुखहरु सम्मेलनका लागि जर्मनीमा भेला भइरहँदा रुसले युरोपियन मुलुक युक्रेनको राजधानी किभमा आक्रमण गरेको छ। जी–७ राष्ट्रहरुले युक्रेनलाई सैन्य सहयोग गर्ने र मस्कोमाथि थप प्रतिबन्ध लगाउने प्रतिबद्धता गर्ने अपेक्षा गरिएको समयमा रुसले युक्रेनको राजधानीमा आक्रमण सुरु गरेको हो। 

National life

रुसले आइतबार युक्रेनको राजधानी किभमाथि कैयौं क्रुज मिसाइल खसालेर विस्फोट गराएको छ। जसका कारण कैयौं आवासीय क्षेत्रमा क्षति पुगेको छ। युक्रेनका राष्ट्रपति भोल्दोमिर जेलेन्सकीले थप हवाई रक्षा प्रणालीका लागि सहयोगको अपिल गरेको केही घण्टामा नै रुसले मिसाइल आक्रमण गरेको हो। जेलेन्सकीले युद्ध नैतिक र भावनात्मक रुपमा कठिन मोडमा पुगेको बताएका छन्। 

किभका मेयर भिताली क्लिस्च्कोले आइतबार बिहान साढे ६  बजे भएको आक्रमणमा कैयौं घाइते भएको र उद्धार कार्य भइरहेको बताएका छन्। रुसले युक्रेनको पूर्वी सहर सेभेरोडोनेट्स्कलाई नियन्त्रणमा लिएको छ। युक्रेनी राष्ट्रपतिले सेभेरोडोनेटस्क गुम्‍ने अपेक्षित भए पनि निकै पीडादायी भएको बताएका छन्। बेलायती रक्षा मन्त्रालयले भने रुसी सेनाका लागि सेभेरोडोनेट्स्कमा नियन्त्रण कायम गर्नुलाई ठूलो उपलब्धि भएको बताएका छन्।

युक्रेनको राजधानीलाई नै निशाना बनाइरहेको रुसी आक्रमणले जी–७ सम्मेलनलाई नै ओझेलमा पारेको छ। अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, इटाली, क्यानडा र जापानका नेताहरुले ठूलो चुनौतीको सामना गरिरहेका छन्। उनीहरुले एकताको माध्यमबाट युक्रेन युद्ध अन्त्य गर्ने अपेक्षा गरेका थिए। तर, पछिल्लो आक्रमणले उनीहरुको अबको योजना के होला भन्‍ने प्रश्‍न जन्माएको छ। 

युरोपियन काउन्सिलका प्रमुख चार्ल्स माइकलले जी–७ राष्ट्रहरुको अर्थतन्त्रलाई ध्यानमा राख्दै रुसी आक्रमण रोक्‍ने समान लक्ष्य रहेको बताएका छन्। जी–७ सम्मेलनमा बोल्दै उनले भने, ‘रुसी युद्धले विश्‍वलाई नै खतरामा पुर्‍याएको छ। यसले खाद्यान्‍न र उर्जा आपूर्तिमा ठूलो असर गरेको छ।’ उनले ईयू र जी–७ ले युक्रेनको पक्षमा बृहत एकता कायम गर्नुपर्ने पनि बताएका छन्। 

Laxmi sunrise bank
kumari

त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले मस्कोको आक्रमणविरुद्ध पश्‍चिमा मुलुकहरु एक  ठाउँमा उभिनुपर्ने बताएका छन्। 

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनलाई थप आर्थिक सहयता उपलब्ध गराउनुपर्ने बताएका छन्। उनले भने, ‘विश्‍वका धनी राष्ट्रहरुले युक्रेनलाई कसरी सहायता प्रदान गर्न सकिन्छ भन्‍नेबारे जोड दिन आवश्यक छ।’ उनले नेताहरु वास्तवमै इमान्दार हुन आवश्यक रहेको समेत बताएका छन्। 

प्रकाशित: Jun 26, 2022| 16:38 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।