बुधबार, वैशाख १२, २०८१

राजनीतिमा युवा चेत र सुझबुझ

राजनीतिमा युवाको सहभागिताको मात्र अर्थ छैन। अर्थपूर्ण सहभागिता हुनुपर्छ। राजनीति सुधार्नको लागि राजनीतिक दलमै आबद्ध हुनुपर्छ भन्नु अतिशयोक्ति हो।
 |  सोमबार, असार १३, २०७९

भानु बोखिम

भानु बोखिम

सोमबार, असार १३, २०७९

के राजनीतिमा युवाको उपस्थिति वा रुचि पर्याप्त मात्रामा छैन? के राजनीति सुधार्न आफैँले राजनीति गर्नुपर्छ? 

triton college

राजनीतिको रुमानी परिकल्पनामा हराउनुभन्दा बढी उत्तर खोज्नु जरुरी छ। राजनीतिक घटनाक्रम नियालेर आशा र निराशाको चक्र अल्झिएको धेरै भइसक्यो। राजनीति त्यस्तो कुनै आदर्श काम पनि हैन, जसले सबैलाई खुशी बनाओस्। राजनीतिक घटनाक्रमले कोही न कोहीलाई निराश बनाउँछ नै, राजनीतिक निर्णय वा घटनाक्रमले बहुसंख्यकलाई खुशी बनाउनुपर्छ भन्ने हो। 

यो देशमा पटकपटक आन्दोलन भएका छन्। विभिन्न दर्शन वा सिद्धान्तले आशाको किरण देखाएको छ। विभिन्न राजनीतिक दलहरू परीक्षण भएका छन्। कुनै समय कांग्रेसप्रति अपार आस्था थियो। बिस्तारै त्यो आस्था कम्युनिस्टप्रति ढलेको थियो। तर कम्युनिस्ट होस् वा कांग्रेस, राजनीतिक दलको रुपमा उनीहरुको व्यवहार, उद्देश्य र जनताप्रतिको उत्तरदायित्वमा उस्तै सावित भएका छन्। अहिले हामी लोकतान्त्रिक व्यवस्थामा छौँ। दुर्भाग्य, लोकतन्त्र चुनावदेखि चुनावसम्म मात्र भन्ने भएको छ।

पछिल्लो चुनावले राजनीतिमा चासो राख्नेको मनोविज्ञान बदलिदिएको देखिन्छ। एक महानगर र दुई उपमहानगरमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेपछि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको लर्को लागेको छ। साथै, सेलिब्रिटी पत्रकारको रुपमा चिनिएका रवि लामिछानेले राजनीतिक दल नै खोलेर राजनीतिमा होमिएका छन्। स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने उम्मेदवार र नयाँ दल खोल्ने लामिछानेको उद्देश्यको सार एउटै हो। पुराना राजनीतिक दलले काम गरेनन्। उनीहरूमा नैतिकता र जनताप्रतिको उत्तरदायित्वको खडेरी देखियो। त्यसैले 'हामी आएका छौँ' भन्दैछन् स्वतन्त्र व्यक्ति र 'दलहरू'। 

पुराना राजनीतिक दलले काम गरेनन्। उनीहरूमा नैतिकता र जनताप्रतिको उत्तरदायित्वको खडेरी देखियो। त्यसैले 'हामी आएका छौँ' भन्दैछन् स्वतन्त्र व्यक्ति र 'दलहरू'।

अर्कोतिर, भोलिका मतदातामध्ये कतिपय उनीहरुलाई समर्थन गर्दै रुमानी सपनामा हराउन थालेका छन्। कतिपयले स्वतन्त्र उम्मेदवारी घोषणा वा रुमानी सपनाजस्तो नभएको टिप्पणी गरिरहेका छन्। सामाजिक सञ्जालमा छाएको विचार वा प्रतिक्रियाले दुवै खालको सोच, चाहना र परिकल्पनालाई प्रतिबिम्वित गरिरहेको छ। राजनीतिको आदर्श परिकल्पनामा पक्ष र विपक्षमा बहस गरेर परिवर्तन हुँदैन। यसले सामाजिक सञ्जालमा वा कुनैपनि जमघट तथा भेटघाटमा वादविवादको खुराक मात्र मिल्छ। 

corrent noodles
Metro Mart

के राजनीतिमा युवाको उपस्थिति वा रुचि पर्याप्त मात्रामा छैन?

हामीमा युवाको रटान राम्रै लगाउछौँ। युवा सोच, जोश र उमेरले हुन्छ। तर हामी उमेरको युवा मात्र खोजिरहेका छौँ भन्दा अतिशयोक्ति नहोला। उसको चेतना स्तर र काम गर्ने क्षमता वा उर्जालाई खासै ध्यान दिइरहेका हुदैनौँ। युवाको संख्या बढी भएको ठाउँ हो नेपाल। भलै, युवाको संख्या बढी हुनुको कारकतत्व असल छैनन्। आजको मितिसम्म यो देशमा युवाको संख्या धेरै छ। दुःखको साथ भन्नुपर्छ, हामीसँग उमेरले युवाको संख्या धेरै छ तर विवेक, सोच र सिर्जनात्मकताका हिसाबले युवा कम छौँ। स्वार्थले भरिएको युवा धेरै छौँ। फराकिलो र उद्धार सोचका युवा कमै छौँ। फरक विचारलाई सम्मान गर्ने र फराकिलो दृष्टि राख्ने युवा कम छौँ। यद्यपि युवा आउनुपर्छ भनेर रटान लगाउन छोड्दैनौँ। युवाको आगमन नै सबथोक हैन भन्ने बुझ्न पनि जरुरी छ। यहाँ युवा आउनु पर्छ भनेर बराल्ने अनि आफ्नो स्वार्थपूर्ति गर्नेको जमात छ। त्यो जमातको स्वार्थ नबुझ्नु वा स्वार्थसिद्ध गर्ने आधार मात्र भन्नु आमयुवाको नियति हो।  

राजनीतिमा युवालाई स्थानको कुरा गरिरहेका छौँ। कुनै पनि राजनीतिक दलको उपल्लो तहमा उमेरका युवा कम नै छन्। तर त्यहाँ पुगे भने युवाको भूमिका कस्तो हुन्छ? उनीहरू कतिको प्रभावकारी ठहरिन्छन्? त्यो एकाध नेतृत्वमा वा राजनीतिक दलको उपल्लो तहमा पुगेका युवाले देखाइसकेका छन्। साथै मिहीन रुपले राजनीतिक दलको सदस्यता लिएको युवाको क्रियाकलाप र सोच अध्ययन गर्‍यौँ भने कुरा प्रष्ट हुन्छ। युवा स्वार्थी छ। निश्चय नै स्वार्थले नै हो मानिसलाई केही गर्न प्रेरित गर्ने। स्वार्थले सपना देखाउँछ। सपनाले अघि बढ्न उत्प्रेरित गर्छ। स्वार्थ यति निकृष्ट पनि हुनुहुँदैन ताकि कुनै पनि व्यक्ति आफ्नो हित मात्र सोच्न पुगोस्। 

कुनै पनि दल विशेषले नारा लगाउनु पर्‍यो भने युवाको उपस्थिति बाक्लै हुन्छ। हरेक निर्वाचनमा दौडधुप गर्ने वा घरदैलौ गर्ने कार्यकर्ताको उमेर नियालौँ। उनीहरु युवा नै छन्। उनीहरू राजनीतिक दलमा आबद्ध भएकै व्यक्ति हुन्। उनीहरु आफ्नो दलको योजना वा उद्देश्यलाई आलोचनात्मक दृष्टिले विरलै हेर्छन्। उनीहरुको उद्देश्य आफ्नो दललाई जिताउनु मात्र हो। आफ्नो दललाई जिताएमा आफूलाई लाभ मिल्छ। 

इमान्दार युवालाई राजनीतिमा प्रवेश गर्ने बाटो खै त? यो प्रश्न उठ्न सक्छ। प्रश्न युवाको इमानदारिताको मात्र हैन। सिंगो सामाजिक संरचनाको हो। सामाजिक, सांस्कृतिक अभ्यास, हाम्रो सामाजीकरण र साथै हाम्रो आर्थिक अवस्था र विकासको गतिविधिले निर्माण गरेको मनोविज्ञानको पनि हो। 

हामीमा युवाको रटान राम्रै लगाउछौँ। युवा सोच, जोश र उमेरले हुन्छ। तर हामी उमेरको युवा मात्र खोजिरहेका छौँ भन्दा अतिशयोक्ति नहोला। उसको चेतना स्तर र काम गर्ने क्षमता वा उर्जालाई खासै ध्यान दिइरहेका हुदैनौँ।

सामाजिक, सांस्कृतिक अभ्यासले ठूलोलाई पुग्ने खालको छ। हाम्रो सामाजिकीकरणले नै ठूलोको महत्त्व देखाउँछ। यस्तोमा जसै ठूलो हुनु छ मानिसलाई। यो मनोविज्ञान राजनीति गर्नेमा पनि लागू हुन्छ। ठूलो हुनुको अर्थ सबैलाई दबदबामा राख्नु हो। ठूलो हुनुको अर्थ हैकम चलाउनु हो। यो आफैँमा यस्तो चरित्र हो, जो एकपटक लागेपछि गुमाउन चाहँदैन। समाज र सामाजिकीरणले निर्माण गरेको यस्तो मनोविज्ञान राजनीतिमा लागेकामा प्रसस्तै देखिन्छ। आफू नेतृत्वमा पुग्ने हुटहुटी र अभिलाशा प्रसस्तै हुन्छ। अरुलाई पनि नेतृत्वको अवसर दिनुपर्छ भन्ने नैतिकता र आदर्श पटक्कै देखिँदैन। यस्तो संस्कारले मानिसले हासिल गर्न मात्र सिकाउँछ। हासिल मात्र गर्न चाहनेले प्रतिस्पर्धात्मक पद्धतिभन्दा बढी गुलामी संस्कारमा बढी विश्वास गर्छ। गुलामी संस्कारको आफ्नै संरचना हुन्छ, जहाँ आदर्श, नैतिकता र साहस ओझेलमा पर्छन्। जो कोही नेतृत्वमा पुगेपनि गुलामी मनोविज्ञानले दिन परिणाम उस्तै नै हो। 

राजनीति सुधार्नको लागि आफै राजनीतिमा संलग्न हुनुपर्छ? 

महत्वपूर्ण कुरा राजनीतिप्रति कति सचेत छौँ भन्ने हो। राजनीतिप्रतिको घृणा र आशक्ति दुवै खराब हुन्। हामी मध्ये धेरै यस्तै सोच राख्छौँ। कसैलाई अति घृणाभाव छ। कसैलाई अति आशक्ति छ। यी दुवैले हाम्रो राजनीतिक सहभागितालाई प्रभावकारी बनाउँदैनन्। राजनीतिक सहभागिता प्रभावकारी नहुनु नै कुनैपनि देशको राजनीतिमा बेथिति आउनु हो। 

हामीसँग उमेरले युवाको संख्या धेरै छ तर विवेक, सोच र सिर्जनात्मकताका हिसाबले युवा कम छौँ। स्वार्थले भरिएको युवा धेरै छौँ। फराकिलो र उद्धार सोचका युवा कमै छौँ। फरक विचारलाई सम्मान गर्ने र फराकिलो दृष्टि राख्ने युवा कम छौँ। युवाको आगमन नै सबथोक होइन भन्ने बुझ्न पनि जरुरी छ। यहाँ युवा आउनुपर्छ भनेर बराल्ने अनि आफ्नो स्वार्थपूर्ति गर्नेको जमात छ।

राजनीति सुधार्नको लागि राजनीतिमै लाग्नुपर्छ भन्ने छैन। कसैलाई राजनीति गर्न मन छ। राजनीतिमा गएर केही गर्ने सोच छ भने त्यसलाई सम्मान गर्नुपर्छ। तर राजनीतिमा सुधार मैले मात्र गर्न सक्छु। राजनीतिमा अब मेरो नीति, कार्यक्रम तथा सिद्धान्तले मात्र काम गर्छ भन्ने खालको सोच छ भने यो एउटा भ्रम हो। निश्चय नै शक्तिको खेल भएको राजनीतिलाई सुधार्न जरुरी छ। यो काम आजको भोलि हुँदैन भन्ने बुझ्न पनि जरुरी छ। चाँडै भए राम्रो हो, तर सुधारको काम चाँडै हुँदैन। हुनको लागि समाजले ठूलै उथलपुथलको सामना गर्नुपर्ने हुन्छ। कतिपय अवस्थामा उथलपुथलको बाबजुद तल्लो तह, वर्ग वा सीमान्तकृतलाई परिवर्तनको पर्याप्त महसुस हुँदैन। यस्तो बेला राज्य, समाज र त्यसको सरहदभित्र रहेका मानिसले ठूलो मूल्य चुकाएको महसुस गर्छन्। यस्तो मनोविज्ञान पनि देश तथा देश विकासको लागि प्रत्युत्पादक नै ठहरिन्छ। 

तसर्थ, कुनैपनि पेसामा सफलता प्राप्त गरेपछि राजनीतिमा जानु स्वागतयोग्य काम हो। तर राजनीतिमा मैले लक्ष्य प्राप्त गर्नैपर्छ भन्नु चाहिँ मुर्खता हो। लोकतान्त्रिक विधि तथा प्रणालीमा राजनीतिक सफलताका आफ्नै प्रक्रिया छन्। भलै राजनीति सुधारको लागि सबैले भूमिका खेल्न सक्छन्। राजनीति दलमा आबद्ध नेता वा कार्यकर्ताले मात्र सुधार्ने होइन। भलै सुधारको लागि उनीहरूको भूमिका अहम् हुन्छ। यद्यपि राजनीतिलाई प्रभाव पार्ने हाम्रा खराब संस्कार, आचरण र स्वार्थहरू पनि प्रमुख हुन्। सोच र आचरण सुधारको लागि सबैले आफ्नो क्षमता, विज्ञताअनुसार भूमिका खेल्न सक्छन्। 

राजनीतिमा युवाको सहभागिताको मात्र अर्थ छैन। अर्थपूर्ण सहभागिता हुनुपर्छ। राजनीति सुधार्नको लागि राजनीतिक दलमै आबद्ध हुनुपर्छ भन्नु अतिशयोक्ति हो। राजनीतिक चेत र सुझबुझ भएकाले जनाउने राजनीतिक सहभागीले पनि सुधारको लागि महत्वपूर्ण भूमिका खेल्छ।

प्रकाशित: Jun 27, 2022| 07:34 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...