मंगलबार, पुस १, २०८२

भरतपुर विमानस्थलको टावरनजिकै आगो लाग्यो

भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान आगो लागेको छ। तर १० मिनेटमै आगलागी नियन्त्रणमा लिइएकाले टावरमा कुनै नोक्सानी भएन।
 |  आइतबार, असार १२, २०७९

रासस

रासस

आइतबार, असार १२, २०७९

चितवन- भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान आगो लागेको छ। तर १० मिनेटमै आगलागी नियन्त्रणमा लिइएकाले टावरमा कुनै नोक्सानी भएन। 

National life

विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए। 

उनका अनुसार बिहान पौने ४ बजे टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासि आगो लागेको हो। 

बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उनको भनाइ छ। आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको सूचना अधिकारी अधिकारीको भनाइ छ।

प्रकाशित: Jun 26, 2022| 10:08 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।