आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाँच दशकपछि अमेरिकी सर्वोच्च अदालतले उल्टायो गर्भपतनसम्बन्धी फैसला

पाँच दशकपछि अमेरिकी सर्वोच्च अदालतले उल्टायो गर्भपतनसम्बन्धी फैसला

अदालतले गर्भपतनलाई कानुनी बनाएको रो बनाम वेड मुद्दामा ५० वर्ष पुरानो फैसला उल्ट्याएको हो।
 |  शनिबार, असार ११, २०७९

बीबीसी

बीबीसी

शनिबार, असार ११, २०७९

काठमाडौं- अमेरिकी सर्वोच्च अदालतले कानुनी रूपमा गर्भपतनलाई अनुमति दिने पाँच दशक पुरानो निर्णयलाई उल्ट्याएको छ। सर्वोच्चको फैसलापछि महिलाका लागि गर्भपतनको अधिकार वैध हुने वा नदिने भन्ने सम्बन्धमा राज्यले आफ्नो छुट्टै नियम बनाउन सक्ने बताइएको छ।

National life

अदालतले गर्भपतनलाई कानुनी बनाएको रो बनाम वेड मुद्दामा ५० वर्ष पुरानो फैसलालाई उल्ट्याएको हो। यसमा संविधानले गर्भवती महिलालाई गर्भपतनसम्बन्धी निर्णय गर्ने अधिकार दिएको थियो।

केही साताअघि मुद्दाको फैसलासँग सम्बन्धित कागजपत्र बाहिरिएपछि अदालतले यसको पक्षमा फैसला गर्ने चर्चा सुरु भएको थियो।

विज्ञहरूका अनुसार अदालतको यो निर्णयले अमेरिकामा गर्भपतनको अधिकारलाई परिवर्तन गर्नेछ किनभने यसपछि अब हरेक राज्यले यस सम्बन्धमा आफ्नै नियम बनाउन सक्नेछन्।

अमेरिकाका आधाभन्दा बढी राज्यले गर्भपतनसम्बन्धी नयाँ प्रतिबन्ध लागू गर्न सक्ने बताइएको छ।

Laxmi sunrise bank
kumari

अमेरिकाका १३ राज्यले गर्भपतनलाई गैरकानुनी बनाउने कानुन पारित गरिसकेका छन्। सर्वोच्च अदालतको फैसलापछि यी कानुन लागू हुनेछन्।

केही थप राज्यले पनि चाँडै यससम्बन्धी प्रतिबन्ध लागू गर्न सक्ने बताइएको छ। धेरै राज्यले गर्भपतनसम्बन्धी महिला अधिकार दिने नियम लागू गर्न सक्छन्।

प्रकाशित: Jun 25, 2022| 12:49 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।