मंगलबार, पुस १, २०८२

रासायनिक मलको विकल्पमा गँड्यौला मल

नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन्। केही किसानले भने गँड्यौला मलको उत्पादन थालेका छन्।
 |  शनिबार, असार ११, २०७९

रासस

रासस

शनिबार, असार ११, २०७९

कैलाली- यतिबेला किसान रासायनिक मलको अभावमा मलबिना धान रोप्न थालेका छन्। नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन्। केही किसानले भने गँड्यौला मलको उत्पादन थालेका छन्। 

National life

कैलालीको टीकापुर नगरपालिका–१ का ललित थापाले तीन वर्षदेखि गँड्यौला मल उत्पादन गर्दै आएका छन्। उनले गँड्यौला मल उत्पादन गर्न थालेपछि रासायनिक मलको खोजीमा दौडनु परेको छैन। थापाले व्यावसायिक रुपमा गँड्यौला मलको उत्पादन गर्न थालेपछि अन्य किसानको मागलाई समेत उनले पूर्ति गर्दै आएका छन्। माटोको उर्वरा शक्ति बढाउने भएका कारण पछिल्लो समय व्यावसायिक कृषि खेती गर्नेका लागि गँड्यौला मल निकै उपयोगी हुन थालेको थापा बताउछन्।

'मैले वार्षिक २०० क्विन्टल गँड्यौला मल उत्पादन गर्दै आएको छु। अहिलेको उत्पादनले माग पूरा गर्न सकिरहेको छैन', उनले भने, 'किसानले गँड्यौला मललाई जैविक मलको रुपमा प्रयोग गर्दै आएका छन्। केही वर्ष पछि मात्रै त्यसको परिणाम आउने भएकोले छोटो समयमै नाफा कमाउने किसानका लागि लाभदायी नभए पनि माटोलाई सन्तुलनमा राख्न र विषादी रहित उत्पादनका लागि गँड्यौला मल निकै उपयोगी छ।' 

गाई भैँसीको मलमुत्र र सड्ने झारपातको प्रयोग गरी गँड्यौला मल तयार पारिन्छ। चौपायाको मलमुत्रलाई सङ्कलन गरेर त्यसमा गँड्यौला राखिन्छ र गँड्यौलाले त्यसलाई आफ्नो आहाराको रुपमा खाने र त्यहीँ दिशा गर्ने भएकाले त्यसैलाई मलको रुपमा प्रयोग गरिने थापा बताउछन्।

माटोलाई चिस्यान बनाई राख्ने भएकाले पनि गँड्यौला मल माटोको लागि निकै लाभदायी भएको मल उत्पादक किसान बताउँछन्। गड्यौला मल बनाउँदा गाईको पिसाब प्रयोग गरिने भएकाले खेतीमा लाग्ने रोगमा पनि कमी आउने गरेको नरेश रावल बताउछन्। 

Laxmi sunrise bank
kumari

व्यावसायिक पशुपालनमा लागेका रावल पशुबाट उत्पादन भएको मलमुत्रलाई सङ्कलन गरेर त्यसमा गँड्यौलालाई राखेर मल उत्पादनमा लागेका हुन्। 

प्रचारप्रसारको कमी र मलको बारेमा किसानलाई बुझाउन नसक्दा अझै पनि गँड्यौला मलबारे  शङ्का रहेको किसान यज्ञराज जैसी बताउछन्। उनले मल प्रयोग गर्न थालेको एक दुई वर्षपछि मात्रै प्रभाव देखिने गरेकाले किसानले त्यसको वास्तविकता बुझ्न नसकेको बताए। 

प्रकाशित: Jun 25, 2022| 09:10 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।