बुटवल- अर्घाखाँचीको मालारानीमा एक युवकले श्रीमतीको हत्या गरेका छन्। मालारानी गाउँपालिका-२ डाँडाकटेरीका कमल भुसालले आफ्नी श्रीमती २३ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेका हुन्।
दुई वर्षअघि रूपन्देहीको सैनामैना ४ कि सरूसँग मागी उनले मागि विवाह गरेका थिए। विवाहको केही समयपछि दाइजोको विषयमा श्रीमतीलाई तनाव दिने गरेको र त्यहि कारणाले हत्या गरेको माइतीपक्षको दाबी छ। दाइजोको विषयमा पटक-पटक श्रीमान्ले पीडा दिएको कुरा सरूले आफन्तलाई बताउने गरेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले श्रीमतीको हत्या गर्ने कमललाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। शुक्रबार दिउँसोको सोही ठाउँमा रहेको शाहीटोलको जंगलमा घाँस काट्न गएकी श्रीमतीलाई गम्छाले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ।
श्रीमती हत्या गरी सेउलाले ढाकछोप गरेर फालेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए। कमल र सरूका एक बर्षका छोरा छन्।