शनिबार, जेठ ३०, २०८३

स्वास्थ्य जाँचका लागि नर्भिक पुगे उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुन शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य जाँचका लागि पुगेका छन्।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९
National life
Shivam cement

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य जाँचका लागि पुगेका छन्। दाहिने साइडको पाता दुख्ने समस्या भएपछि उनी नर्भिक इन्टरनेशनल अस्पताल पुगेका हुन्। 

अस्पताल पुगेर उनले नियमित स्वास्थ्य जाँच गरेका थिए। सो क्रममा उपराष्ट्रपति करिब दुई घण्टा अस्पतालमा रहेका थिए। उनलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ। 

अस्पतालमा उपराष्ट्रपतिको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटी लगायतका परीक्षण गरिएको थियो। सो क्रममा उनको स्वास्थ्यमा खासै समस्या नदेखिएको चिकित्सकहरुले बताएका छन्। 

प्रकाशित: Jun 24, 2022| 16:55 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।