मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पश्चिम नवलपरासीबाट मिटर ब्याजमा ऋण दिने दुई जना पक्राउ

पश्चिम नवलपरासीबाट मिटर ब्याजमा ऋण दिने दुई जना पक्राउ

पश्चिम नवलपरासी प्रहरीले मिटर ब्याजमा ऋण दिने दुई जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं- पश्चिम नवलपरासी प्रहरीले मिटर ब्याजमा ऋण दिने दुई जनालाई पक्राउ गरेको छ। 

प्रहरीले प्रतापपुरका दुई जना मिटर ब्याजी साहुलाई पक्राउ गरेको जनाएको छ। जिल्लाका मिटर ब्याजपीडितहरूले काठमाडौंमा गएर आन्दोलन गरिरहेको समयमा प्रहरीले जिल्लामा दुई जना मिटरब्याजीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका बेलाटारीका ४५ वर्षीय सुनिल बानियाँ र ५० वर्षीय जगदीश बानियाँ रहेका छन्। उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी ऋषिराम कंडेलले बताए।

बिहीबार साँझ उनीहरूलाई गाउँबाटै नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। ऋणी र मिटर ब्याजमा लगाउने पक्षबीच वास्तविकता बुझेर थप प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

पक्राउ परेका दुई जना साहुले केही दिन अगाडि परासीमा पत्रकार सम्मेलन गरेर आफूहरूले सरकारलाई राजस्व तिरेर मालपोत कार्यालयबाट दुष्टि बन्धक गरेर सरकारी दरमा नै ऋण दिएको दाबी गरेका थिए।

प्रकाशित: Jun 24, 2022| 11:25 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।