मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रघुपति जुट मिल्सका एक मजदुरको मेसिनले हात काट्दा मृत्यु

रघुपति जुट मिल्सका एक मजदुरको मेसिनले हात काट्दा मृत्यु

विराटनगर-१४ का ४२ वर्षीय राजो कामतको शुक्रबार राति ९:३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

विराटनगर- मेसिनले हात काट्दा विराटनगर १७ मा रहेको रघुपति जुट मिल्समा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ। विराटनगर-१४ का ४२ वर्षीय राजो कामतको शुक्रबार राति ९:३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

जुटको फोहोर सफा गर्ने क्रममा चालु अवस्थामा रहेको मेसिनले कामतको बायाँ हात काटेको प्रहरीले जनाएको छ। मेसिनले बायाँ हातको कुमदेखि तलको भाग काटेर छिनाइदिएको डिएसपी श्रेष्ठले बताए। कामतको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

कामतको शवलाई पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 24, 2022| 10:11 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।