मंगलबार, साउन १९, २०८३

तनहुँमा सय एक परिवारलाई लालपुर्जा वितरण

साविकको भिरकोट गाउँ विकास समितिअन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले उक्त परिवारलाई लालपुर्जा वितरण गरेको हो।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

तनहुँ- नापी कार्यालय तनहुँले ऋषिङ-४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपुर्जा वितरण गरेको छ। साविकको भिरकोट गाउँ विकास समितिअन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले उक्त परिवारलाई लालपुर्जा वितरण गरेको हो। 

गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए। ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नापी कार्यालय प्रमुख आचार्यले संयुक्त रुपमा सर्वसाधारणलाई पूर्जा वितरण गरेका थिए। 

पूर्जा पाएपछि स्थानीयवासी खुशी भएका छन्। पुर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशवण्डा गर्नबाट वञ्चित थिए। विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्सानाप गरिएको थियो। 

तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो। एकै ठाउँमा धेरै घरहरु भएका ठाउँमा नापनक्सा हुन छुट भएको थियो। उक्त समयमा ती जग्गाहरुमा ब्लक नम्बर लेखिएको थियो। नापी कार्यालयले अहिले त्यही ब्लक नम्बर नापेर भोगको आधारमा पुर्जा वितरण गरेको हो।

कार्यालयले यसअघि तनहुँको आँबुखैरेनी, बन्दीपुर गाउँपालिकामा पनि गाउँ ब्लक अन्तर्गतका पूर्जा वितरण गरिसकेको छ। तनहुँमा विसं २०७१ सालदेखि गाउँ ब्लक नाप्न शुरु गरिएको थियो। नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक रहेको छ।

प्रकाशित: Jun 24, 2022| 07:45 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।