मंगलबार, साउन १९, २०८३

काठमाडौंका नदीमा बढ्यो पानीको बहाव

काठमाडौंमा गएराति देखिनै वर्षा भइरहेको छ। निरन्तरको वर्षाले काठमाडौं उपत्यका भएर बग्ने नदीहरूमा पानीको बहाव बढेको छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं- काठमाडौंमा गएराति देखिनै वर्षा भइरहेको छ। निरन्तरको वर्षाले काठमाडौं उपत्यका भएर बग्ने नदीहरूमा पानीको बहाव बढेको छ।

पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

हनुमन्ते, मनोहरा, बाग्मती र यसका सहायक नदीमा जलसतह बढिरहेको हो। विभागले नदी किनारको बाटो भई यात्रा गर्दा अर्को उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। 

गएराति देखिनै वर्षा भइरहेको काठमाडौंका दिउँसो केही समय वर्षा रोकिने तर अपराह्न पुनः वर्षा हुने महाशाखाले जनाएको छ।

यस्तै मौसमविद् हिरा भट्टराईले आज काठमाडौंका हल्कादेखि मध्यम वर्षा हुने बताएकी छन्। प्रदेश-१ का केही स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेशमा पनि केही भूभागमा भारी वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भट्टराईले जानकारी दिए। 

उनका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा पनि वर्षाको सम्भावना रहेको छ। आजबाट उक्त प्रदेशमा पनि मनसुनी वायुको प्रभाव देखिने मौसमविद् भट्टराईले जानकारी दिइन्। 

यी दुई प्रदेशमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहँदै आएकोमा आजबाट मनसुनी वायुको पनि प्रभाव देखिन थालेको हो। 

विभागका अनुसार प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव रहँदै आएको छ। 

प्रकाशित: Jun 24, 2022| 07:37 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।