शनिबार, जेठ ३०, २०८३

ललितपुर महानगरका बालबालिकालाई आजदेखि कोरोना खोप

ललितपुर महानगरपालिकामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदै छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं- ललितपुर महानगरपालिकामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदै छ। 

National life

काठमाडौं महानगरपालिकामा भने बालबालिकाहरूलाई बिहीबारदेखि नै कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको थियो।

ललितपुर महानगरपालिकाले जारी गरेको सूचना अनुसार शनिबार बाहेक असार १० गतेदेखि १५ गतेसम्म विद्यालय वा वडास्थित स्वास्थ्य संस्थामा खोप कार्यक्रम सन्चालन हुने छ।

आज असार १० गते वडा नम्बर १, २ र ३ का बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए।

असार १२ गते वडा नम्बर ४, ५, ६ र ७ मा, असार १३ गते वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ मा खोप कार्यक्रम सन्चालन हुने छ।

Shivam cement

यस्तै असार १४ गते वडा नम्बर १५, १६, १७, १८, १९, २०, २१ मा तथा असार १५ गते वडा नम्बर २२, २३, २४, २५, २६, २७, २८ र २९ वडामा खोप कार्यक्रम सन्चालन हुने छ। खोप कार्यक्रम बिहान ११ बजेदेखि ४ बजेसम्म हुने ललितपुर महानगरपालिकाले जनाएको छ।

प्रकाशित: Jun 24, 2022| 07:01 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।