बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • आसाममा बाढीपहिरोबाट करिब ५५ लाख प्रभावित, मृत्यु हुनेको संख्या १०१ पुग्यो

आसाममा बाढीपहिरोबाट करिब ५५ लाख प्रभावित, मृत्यु हुनेको संख्या १०१ पुग्यो

भारतको उत्तरपूर्वी राज्य आसाममा आएको बाढीले ५४ लाख ५० हजार भन्दा बढी मानिस प्रभावित भएका भारत सरकारले जनाएको छ। बिहीबारसम्म बाढीपहिरोका कारण १०१ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार जनाएका छन्।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

आसाम- भारतको उत्तरपूर्वी राज्य आसाममा आएको बाढीले ५४ लाख ५० हजार भन्दा बढी मानिस प्रभावित भएका भारत सरकारले जनाएको छ। बिहीबारसम्म बाढीपहिरोका कारण १०१ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार जनाएका छन्। 

वर्षापछि थुप्रै ठाउँमा डुबान भएको छ भने ठाउँठाउँमा पहिरो गएर पाइपहरू बगाइदिँदा कतिपय स्थानमा खानेपानीको अभावसमेत देखिएको छ। बुधबार राज्यभर १२ जनाको मृत्यु भएको स्थानीय समाचारमा जनाइएको छ।

बाढीले आसाममा बाढी आउन थालेपछि मे महिनाको मध्यदेखि मृत्यु हुनेको संख्या १०१ पुगेको छ।  हाल राज्यका ३२ जिल्ला बाढीबाट प्रभावित छन्। प्रभावित जिल्लामा झण्डै पाँच हजार गाउँ डुबानमा परेको र ९९ हजार २६ हेक्टर क्षेत्रफलमा बाली क्षेत्रमा क्षति पुगेको अधिकारीहरुले बताए।

स्थानीय तहले प्रभावित जिल्लामा १ हजार ८७१ राहत शिविर र वितरण केन्द्र स्थापना गरेका छन्। शिविरमा सात हजार ९७८ बालबालिकासहित २७ हजार १२५ जनाले आश्रय लिइरहेका बताइएको छ। 

प्रभावित जिल्लाका स्थानीय प्रशासनले उद्धार र राहत कार्यलाई तीव्रता दिएको बताइएको छ। ठाउँठाउँमा हेलिकोप्टर प्रयोग गरी राहत सामग्री उपलब्ध गराइएको छ।   मनसुनको समय आसाममा वर्षेनी बाढीले हजारौँ व्यक्ति प्रभावित हुनेगरेका छन्।

kumari

प्रकाशित: Jun 24, 2022| 00:20 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।