बिहीबार, फागुन २१, २०८२

अमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त हटाउनुपर्ने

चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार भनेको छ, 'अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा अमेरिका, चीनलगायत समग्र विश्वलाई फाइदा पुग्नेछ।'
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा दुवै देशलाई फाइदा हुने चीनले बताएको छ। 

चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार भनेको छ, 'अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा अमेरिका, चीनलगायत समग्र विश्वलाई फाइदा पुग्नेछ।'

'बढ्दो मुद्रास्फीतिको वर्तमान स्थितिलाई ध्यानमा राख्दै अमेरिकी पक्षले चिनियाँ मालहरूमा आफ्नो अतिरिक्त कर जति छिटो हटाउँछ, त्यति नै चाँडो उपभोक्ता तथा व्यवसायहरूले लाभ उठाउनेछन्,' मन्त्रालयका प्रवक्ता शु जुटिङले एक पत्रकार सम्मेलनमा भने। 

दुवै पक्षको जीतको अवस्था (समाधानको मध्यविन्दु) खोजेर आर्थिक तथा व्यापार सहयोगका लागि वातावरण र परिस्थिति सिर्जना गर्न संयुक्त प्रयास गर्नुपर्ने उनले बताए। 

दुई देश र विश्वका जनतालाई लाभ पुर्‍याउन विश्वव्यापी औद्योगिक तथा आपूर्ति श्रृंखलाहरूको स्थिरता कायम राख्नुपर्नेमा उनले जोड दिए।

kumari

प्रकाशित: Jun 24, 2022| 05:00 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।