बिहीबार, फागुन २१, २०८२

अफगानिस्तानमा हिमपात र चीसो मौसमका कारण १२ जनाको मृत्यु

पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा हिमपात र चीसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको सरकारी समाचार संस्था बख्तरले बिहीबार जनाएको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

kumari

काबुल- पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा हिमपात र चीसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको सरकारी समाचार संस्था बख्तरले बिहीबार जनाएको छ। चाउके जिल्लाको युगल क्षेत्रमा उक्त प्राकृतिक प्रकोप भएको समाचार एजेन्सीले थप विवरण नदिइकन जनाएको छ।

नाम नखुलाउने शर्तमा गाउँलेहरूले केही दिनअघि घुमन्ते परिवारले आफ्नो गाईवस्तु चराउन पहाडमा लैजाँदा विपत्ति भएको बताएका छन् । पीडित सबै घुमन्ते परिवारका हुन्। युद्धग्रस्त अफगानिस्तानका केही भागहरू भर्खरै भारी वर्षाका कारण थप चिन्तित बनेका छन्।

अधिकारीहरुका अनुसार देशभर अचानक आएको बाढीमा परी ज्यान गुमाउँनेको सङ्ख्या बढ्दो छ। मुसलधारे पानी र बाढीका साथै पूर्वी पक्तिका र खोस्त प्रान्तमा बुधबार बिहानै गएको भूकम्पमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ।

प्रकाशित: Jun 23, 2022| 23:50 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।