मंगलबार, जेठ ८, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • भूकम्पपछि अफगानिस्तानमा दर्दनाक अवस्था : अस्पतालमा ५ सय घाइतेका लागि ५ बेड

भूकम्पपछि अफगानिस्तानमा दर्दनाक अवस्था : अस्पतालमा ५ सय घाइतेका लागि ५ बेड

अफगानिस्तानमा बुधबार बिहान गएको भूकम्पपछिको अवस्था निकै दर्दनाक बनेको छ। पूर्वी अफगानिस्तानमा रहेको एक अस्पतालमा बिहानैदेखि ५०० घाइते उपचारका लागि आएकोमा २०० जनाको मृत्यु भइसकेको छ। ग्यान क्लिनकका एक सदस्य मुहम्मद गुलले निकै सकसपूर्ण अवस्था रहेको र दर्दनाक दृश्य देख्‍नुपरेको बताएका छन्।
 |  बिहीबार, असार ९, २०७९

बीबीसी

बीबीसी

बिहीबार, असार ९, २०७९

काबुल- अफगानिस्तानमा बुधबार बिहान गएको भूकम्पपछिको अवस्था निकै दर्दनाक बनेको छ। पूर्वी अफगानिस्तानमा रहेको एक अस्पतालमा बिहानैदेखि ५०० घाइते उपचारका लागि आएकोमा २०० जनाको मृत्यु भइसकेको छ। ग्यान क्लिनकका एक सदस्य मुहम्मद गुलले निकै सकसपूर्ण अवस्था रहेको र दर्दनाक दृश्य देख्‍नुपरेको बताएका छन्। 

triton college

उनले भने, 'क्लिनिकका कोठाहरु भत्काइएका छन्। जहाँ पाँच बेडको मात्रै सुविधा छ।' घाइतेहरुलाई कोठाबाहिर राखेर पनि उपचार भइरहेको छ र दुई जना चिकित्सकले निरन्तर उपचार गरिरहेका छन्। 

उनले केही घाइतेहरुलाई यहाँबाट हेलिकोप्टरबाट सहरका अस्पतालमा उपचारका लागि लगिएको बताएका छन्। उपचारका लागि आवश्यक बिजुलीको पनि संकट भएको छ।

उपचारका क्रममा मृत्यु हुनेहरुको संख्या पनि बढ्दै गएको छ। उनले थपे, 'यहाँ दर्जनौं यस्ता घाइतेहरु छन्, जसलाई आपतकालीन उपचार सेवा आवश्यक छ। तर, तत्काल उपचार गर्न सम्भव छैन र उनीहरु बाँच्‍ने सम्भावना पनि निकै कम देख्‍छु।' 

केही समयअघि पहिरो गएर क्षतविक्षत बनाएको क्षेत्रमा फेरि भूकम्प गएपछि सयौं घरहरु तहसनहस भएका छन्। ज्ञान अस्पताल सबैभन्दा बढी प्रभावित क्षेत्रमा नै पर्छ। 

corrent noodles
Metro Mart

अन्तर्राष्ट्रिय विकास सहायता एजेन्सीहरुले उक्त क्षेत्रमा केही वर्षअघि क्लिनिक स्थापना गरेका थिए। सामान्य बिरामीहरुको उपचारका लागि स्थापना गरिएको उक्त क्लिनकमा अहिले भूकम्पबाट गम्भीर घाइते भएकाहरुको उपचार गर्नुपर्ने बाध्यता रहेको छ। यहाँ कुनै आपतकालीन कक्ष पनि छैन। 

भूकम्पले भत्किएका भवनहरु। 

गत अगस्तमा तालिबानले अफगानिस्तानमा कब्जा लिएपछि आर्थिक संकटसँगै अत्यावश्यक औषधिको पनि समस्या सामना गरिरहेको मुलुकमा गएको विनाशकारी भूकम्पले अवस्था थप दयनीय बनाइदिएको छ। 

अफगानिस्ताका चिकित्सकहरुले भूकम्पपछि बालबालिकाको मृत्यु हुने संख्या निकै बढ्ने बताएका छन्। हालसम्म भूकम्पमा परी एक हजारभन्दा बढी मानिसहरुको मृत्यु भएको छ। 

अहिले भारी वर्षका र हवाहुरीका कारण उद्धारमा थप समस्या पनि भइरहेको छ। भत्किएका घरहरुमा सयौं मानिसहरु अझै फसेको हुनसक्ने अनुमान गरिएको छ। 

पकतिका प्रान्तकी एक महिलाले आफूले परिवारका १९ सदस्य गुमाएको बताएकी छन्। उनले भनिन्, 'एक कोठामा सात जना, अर्कोमा पाँच र अर्कोमा चार जना रहेको र अन्य तीन जना अर्को कोठामा रहेकोमा सबैको मृत्यु भएको छ। म खाटमुनि पसेर जोगिए।' 

तालिबान सरकारले भूकम्पपछिको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय सहायताको खोजी गरिरहेका छन्। संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले प्रभावित क्षेत्रमा खाद्यान्‍न र आवासको लागि सहयोग गरिरहेका छन्। 

प्रकाशित: Jun 23, 2022| 21:41 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।