मंगलबार, साउन १९, २०८३

एलन मस्कबाट छुट्टिन चाहन्छिन् छोरी जेन्ना

यसबाट एलनको सम्बन्ध उनका पितासँग राम्रो छैन भन्ने बुझ्न गाह्रो छैन। तर आफ्नी छोरीसँग पनि एलनको सम्बन्ध उस्तै बन्न पुगेको छ। एलनकी ट्रान्सजेन्डर (पारलैंगिक) छोरीको पनि एलनप्रति उस्तै धारणा रहेका छन्।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

एलन मस्क आफ्ना बाबुसँगको नराम्रो सम्बन्धबारे सधैँ खुलेर भन्ने गरेका छन्। विभिन्न अवसरहरुमा मस्क आफ्ना बुवासँगको तनावपूर्ण सम्बन्धको बारेमा कुरा गरिरहन्छन्। उनले आफ्ना बुवा एरल मस्कलाई 'खराब काम गर्न सक्ने भयानक मानिस'सम्म भनेका छन्। यो भनेको धेरै भएको छैन।

यसबाट एलनको सम्बन्ध उनका पितासँग राम्रो छैन भन्ने बुझ्न गाह्रो छैन। तर आफ्नी छोरीसँग पनि एलनको सम्बन्ध उस्तै बन्न पुगेको छ। एलनकी ट्रान्सजेन्डर (पारलैंगिक) छोरीको पनि एलनप्रति उस्तै धारणा रहेका छन्।

आफ्नो नयाँ लैंगिक पहिचानसँगै एलनकी छोरीले आफ्नो नाम पनि परिवर्तन गरिदिन सम्बन्धित कानुनी निकायसमक्ष अनुरोध गरेकी छन्। उनले आफ्नो नाम भिभियन जेन्ना विल्सन कायम गरिपाउन निवेदन दिएकी हुन्। विल्सन उनकी आमाको थर हो। 

जेन्नाले आफू अब 'कुनै पनि आधारबाट एलनसँग जोडिन नचाहेको' बताएकी छन्। मस्कले भने आफूले आफ्ना सबै छोराछोरीलाई माया गर्ने भन्दै ट्विट गरेका थिए। नाम परिवर्तन माग गरेकी छोरी जेन्ना, एलनकी श्रीमती जस्टिन विल्सनतर्फबाट जन्मिएकी हुन्। जस्टिनसँग मस्कले सन् २००८ मै सम्बन्ध विच्छेद गरेका थिए।

मस्क र उनका पिताबीचको सम्बन्ध झैँ उनकी छोरीसँगको सम्बन्ध पनि कहिले राम्रो कहिले नराम्रो हुने गरेको थियो। आफ्ना बुवासँग सम्पूर्ण नाता तोड्न खोजेकी छोरीले क्यालिफोर्निया राज्यको नियम अनुसार उमेरले १८ पुग्नासाथ आफूलाई पुरुषबाट महिलामा रुपान्तरण गरेकी हुन्।

पछिल्ला केही दिनयता सञ्चारमाध्यम आएको यो मुद्दा गत अप्रिलमै सेन्टा मोनिकाको लस एन्जलस काउन्टी सुपेरियर कोर्टमा दर्ता गरिएको थियो। उनकी आामा जस्टिन विल्सन र बुबा एलन मस्क सन् २००० देखि २००८ सम्म सम्बन्धमा रहेका थिए। मस्क र विल्सनबाट जन्मिएका ५ जना छोराछोरी छन्। मंगलबार ट्विट गर्दै जस्टिनले आफू छोरीको कदम देखेर गौरवान्वित भएको बताएकी छन्।

प्रकाशित: Jun 23, 2022| 21:19 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।