शनिबार, जेठ ३०, २०८३

बैंकिङ कसुरमा १० लाख जरिवाना ठहर भएका एकजना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले विसं २०७८ चैत ७ गतेको फैसलाअनुसार चार दिन कैद सजाया र बिगोबमोजिम रु १० लाख १२ हजार जरिवाना ठहर भएका रामेछाप लिखु गाउँपालिका घर भई काठमाडौँको कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं- नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १० लाख १२ हजार जरिवाना ठहर भएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

National life

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले विसं २०७८ चैत ७ गतेको फैसलाअनुसार चार दिन कैद सजाया र बिगोबमोजिम रु १० लाख १२ हजार जरिवाना ठहर भएका रामेछाप लिखु गाउँपालिका घर भई काठमाडौँको कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले खड्काले आफ्नो प्रभु बैंक लिमिटेड कोटेश्वर शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदानहुँदै चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकाले अदालतको आदेशअनुसार कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ खड्कालाई उच्च अदालतले बैंकिङ कसुर तथा सजाया ऐन २०६४ बमोजिम कैद तथा जरिवना हुने फैसला सुनाएको थियो। प्रहरीले पक्राउ खड्कालाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए।

प्रकाशित: Jun 23, 2022| 21:01 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।