शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लागू औषध ब्युरोको यस्तो अपेरसन जसले धमाधम समात्दैछ हेरोइन कारोबारी

लागू औषध ब्युरोको यस्तो अपेरसन जसले धमाधम समात्दैछ हेरोइन कारोबारी

प्रहरीले यो अपरेसन अन्तर्गत सबैभन्दा सुरुमा पुराना केसका फाइल पल्टाउन थाल्यो। यसअघि पक्राउ परेकाहरुको तस्कर शैली र उनीहरुको पृष्ठभूमिबाट अध्ययन सुरु भयो। एकातिर ‘क्रिमिनिल प्रोफाइलिङ’ अनि अर्कोतिर त्यसकै आधारमा खोजी–निगरानी।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं– अपरेसन ह्वाइट डस्ट। प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले केही समयअघि सुरु गरेको एउटा गोप्य र महत्वपूर्ण अपरेसन। नेपाललाई ट्रान्जिट बनाएर विदेशबाट ठूलो मात्रामा लागू औषध हेरोइनको कारोबार भइरहेको सूचना पाएपछि ब्युरो झस्किएको थियो।

National life

कसरी समात्ने गिरोहलाई?

प्रहरीले यो अपरेसन अन्तर्गत सबैभन्दा सुरुमा पुराना केसका फाइल पल्टाउन थाल्यो। यसअघि पक्राउ परेकाहरुको तस्कर शैली र उनीहरुको पृष्ठभूमिबाट अध्ययन सुरु भयो। एकातिर ‘क्रिमिनिल प्रोफाइलिङ’ अनि अर्कोतिर त्यसकै आधारमा खोजी–निगरानी। सादा पोशाकमा ब्युरोका टोलीहरु त्रिभुवन विमानस्थलमा कडा निगरानीसहित खटिन थालेका थिए। 

यही मिहेनतका बीच प्रहरीले गत साता अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै हेरोइन बरामद गर्यो। प्रहरीले सात जना दक्षिण अफ्रिकी नागरिकबाट ५१ किलो हेरोइन बरामद गरेको थियो। जसमा ४९ किलो सेतो र दुई किलो खैरो हेरोइन थियो। 

पक्राउ पर्ने सातै जना अफ्रिकी महिला छन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मार्केटिङ, डेलिभरीजस्ता पेशामा संलग्न ती महिलाहरुलाई गिरोहहरुले प्रयोग गर्नुको कारण महिलाप्रति कम शंका हुनाले कारोबार सुरक्षित हुन्छ भन्ने विश्वास नै हो। 

Shivam cement

तर, लागूऔषध ब्युरोले त्यो विश्वास ‘फेल’ खुवाइदियो। यति ठूलो परिमाणको हेरोइन पक्राउपछि गत बिहीबार ब्युरोले पत्रकार सम्मेलन गर्दैगर्दा ब्युरोका प्रमुख एसपी जीवनकुमार श्रेष्ठले भनेका थिए, ‘हाम्रो अपरेसन जारी छ, सक्किएको छैन।’ 

प्रहरीले यो अपरेसन अन्तर्गत सबैभन्दा सुरुमा पुराना केसका फाइल पल्टाउन थाल्यो। यसअघि पक्राउ परेकाहरुको तस्कर शैली र उनीहरुको पृष्ठभूमिबाट अध्ययन सुरु भयो। एकातिर ‘क्रिमिनिल प्रोफाइलिङ’ अनि अर्कोतिर त्यसकै आधारमा खोजी–निगरानी।

नभन्दै यही जारी अपरेसन अन्तर्गत ब्युरोले पुनः तीन जना विदेशी र एक जना नेपाली नागरिक सार्वजनिक गरेको छ। एसपी श्रेष्ठका अनुसार उनीहरुलाई करिब ५ किलो हेरोइनसहित असार २ गते नै पक्राउ गरिएको हो तर केही अनुसन्धान बाँकी रहेकाले आज बिहीबार सार्वजनिक गरिएको हो। पक्राउ पर्नेहरुमा एक जना अफ्रिकन, दुई जना भारतीय र एक जना नेपाली नागरिक छन्। पक्राउ पर्नेमा ३० वर्षीय तान्जानियन नागरिक अब्बु लिकी अब्दल्लाह, भारतीय नागरिक ४३ वर्षीय विक्रम जित सिंह र ४६ वर्षीय मुनिम सिंह, ३० वर्षीय नेपाली नागरिक बिकी रौनियार रहेका छन्।

नेपाललाई ट्रान्जिट बनाएर भारतमा कारोबार!

सात अफ्रिकी महिलालाई पक्राउ गरिएकै बेला प्रहरीको प्रारम्भिक अनुमान थियो, बरामद गरिएका हेरोइन पक्कै भारत पुर्याइन्छ। यसका लागि नेपाल त ट्रान्जिट पोइन्टमात्रै रहेको खुलेको थियो। पछिल्लो केसमा दुइ भारतीय नागरिक पक्राउ परेपछि प्रहरीको त्यो अनुमानमा झन् बल पुगेको छ। 

‘पक्राउ परेका दुई भारतीय नागरिक खरिदकर्ता जस्तो देखिएको छ,’ ब्युरोका प्रमुख एसपी श्रेष्ठले भने, ‘उनीहरु लागू औषध लिनलाई भारतको हरियाणाबाट गाडी नै लिएर आएको अवस्था छ, उनीहरुसँगको प्रारम्भिक सोधपुछ र अन्य विविध परिस्थितिजन्य पाटो केलाउँदा यहाँ ल्याइएका हेरोइन भारतमै कारोबारका लागि लगिने तयारीमा थियो भन्ने अनुमान गर्न सकिन्छ। थप प्रष्ट हुन हामी अनुसन्धानकै चरणमा छौं।’

प्रहरीले सुरुमा अफ्रिका महाद्वीपका पूर्वी भागमा पर्ने तान्जानियाका नागरिक अब्बलिकी अब्दल्लाहलाई पक्राउ गरेको थियो। असार २ गते ८ः४० बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा ओर्लिएका थिए। यता सात दक्षिण अफ्रिकी महिला पक्राउपछि प्रहरीले अफ्रिकाबाट आउने मानिसहरुप्रति निगरानी बढाएको थियो। अब्ल्लाह नोटिस्डमा पर्ने नै भए। एयरपोर्टमा ओर्लनेबित्तिकै त्यहाँ खटिएको प्रहरीले टोलीले उनलाई फलो गर्यो। 

उनको गतिविधि शंकास्पद देखेपछि पिछा गर्न छाडेन। पिछा गर्दैगर्दै प्रहरी टोली बौद्धको एक होटलसम्म पुग्यो। त्यहाँ पुगेर खानतलासी गर्दा आशंका त सही देखियो, उनले बोकेको सुटकेसभित्र पिँधमा लुकाएको अवस्थामा ५ किलो ९ सय ग्राम हेरोइन पो रहेछ।

त्यसपछि थप सोधपुछ गर्दै जाँदा उक्त लागू औषध लिन पक्राउ परेका दुई जना भारतीय नागरिक गाडीसहित आएको देखियो। ‘कसैलाई भरिया, कसैलाई मालिक भन्ने भन्दा पनि यी सबै लागू औषध कारोबारमा संलग्न गिरोहका सदस्य नै देखिन्छन्,’ एसपी श्रेष्ठले भने। 

पछिल्लो समय बरामद भएको हेरोइनको अवैध बजारमा मूल्य एक अर्बभन्दा माथि छ। एक ग्रामकै २० हजार पर्ने प्रहरीको भनाइ छ। पछिल्लो पक्राउको परिमाण हेर्दा नेपाललाई ट्रान्जिट बनाएर भारतमा कारोबार गर्न गिरोहहरुले सहज ठान्ने गरेको देखिन्छ। तर लागू औषध ब्युरो गिरोहको पिछा गर्न छाडेको छैन। ‘हाम्रो अपरेसन रोकिनेवाला छैन,’ एसपी श्रेष्ठले भने। 

प्रकाशित: Jun 23, 2022| 19:54 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।